शताक्षी । पूर्वको पुन्य धार्मिकस्थल शताक्षी धाममा श्री शताक्षी गोरक्षा महोत्सव २०८१ तथा धनधान्याचल सुरभि ज्ञानमहायज्ञ हुने भएको छ । 

मंसिर १४ गतेबाट शुरू भई २४ गते समापन हुने महायज्ञमा प्रमुख कथा बाचक श्री लिंग महापुराणका प्रमुख कथा बाचक आर्चाय प्रवर.पं.लक्ष्मीप्रसाद खगिवडा,परम बैष्णव प्रवक्ता पंं. धनश्याम खनाल रहनु भएको छ ।

sibsatakxi

मंसिर १३ गते दाताहरूको सहयोगमा बनेको शताक्षी  धामको परिचयको प्रतिक ८७ धाराको उद्घाट्न कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मत कार्कीले गर्नुहुने आज सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । 

श्री शताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षी–११ को संयुक्त आयोजनामा सम्पन्न हुन लागेको महायज्ञ सम्पन्न गर्न  करीव ८ लाख खर्च लाग्ने अनुमान रहेकाे पुराण व्यवस्थापन समितिका सचिव आर्चाय पण्डित मदनमोहन अधिकारीले बताउनु भयो ।

गोलोक गोर्वधन गौशलाको बार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित बिभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका आचार्य पं.नन्दकिशोर भारद्धाजले जानकारी दिनुभयो ।

उहाँले यो भन्दा अगाडी लागाईएका पुराणहरूमा गौमाताको चर्चा गरिएको बताउनु भयो । उहाँले ५१ फिट अग्लो रूद्राक्षको पार्थिव शिवलिगं प्रस्थिापन पछि  शिवशताक्षीको धार्मिक पर्यटनलाई विशेष टेवा पुग्ने बताउनु भयो ।

उहाँले ं १ करोड २५ लाख दाना रूद्राक्षबाट रूद्राक्ष शिवलिगं निमार्ण हुन लागेको बताउनु भयो ।

उहाँले दाताको सहयोगमा करीव १५ देखि २० लाखमा सम्पन्न हुने अपेक्षा गरिएको बताउनु भयो । 

उहाँले महायज्ञ अन्तर्गत पञ्चकुण्डिय श्रीरूद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीतार विवाह तथा लिंग महापुराण कथा प्रवचनको आयोजना गरिएको बताउनु भयो ।

उहाँका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते  बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रूद्र महायज्ञ तथा ५१ फिट अग्लो रूद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रूद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् ।

यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रूद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरूबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्रम सम्पन्न हुनेछ । 

। हाल गौशालामा ६६२ वटा गाईबाछा रहेकाे र बाहिर पाल्नका लागि विपन्न परिवारलाई २१ सय ६०  दिइएको रहेका आचार्य पं भारद्धाजले बताउनु भयो ।

उहाँले गौमाताको संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले कुनै पुजी संकलनका निमित्त पुराणको आयोजना नगरिएको बताउनु भयो ।

गोरक्षा हेतु , शतासीधामको महिमा र धार्मिक पर्यटनको प्रर्वद्वन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको बताउनु भयो । 

उहाँले सरकार गाई तस्कर गर्नेहरूमा बाट  राजश्व उठाएर चल्नु नहुने बताउनु भयो ।

उहाँले गौमाता झापाका विभिन्न नाकाबाट दैनिक ५०० सय भन्दा बढि तस्करी हुँदा पनि सम्बन्धित निकायले चाँसो नदेखाउनु दुःखको कुरा रहेको बताउनु भयो ।

उहाँले गएको १० बर्षमा ३ हजार १ सय ३० गौमाताको संरक्षण गरेको बताउनु भयो ।

गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा गोलोक गोवर्धनगौशालाका प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेल लगायतको उपस्थिति रहेको थियो ।