समाचार

गाैहत्याका मुख्य आरोपी आलमसहित अन्य पक्राउ

मंसिर १२, २०८१ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

बिर्तामाेड । झापाकाे कनकाई नगरपालिकामा भएकाे गाैहत्यामा स‌ंलग्न भएकाे अभियाेगमा ५ जना पक्राउ परेका छन् । 

प्रहरीले बाह्रदशी गाउपालिकाकाे चकचकी भन्ने स्थानबाट घटनामा संलग्न पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा बाह्रदशी-४ का बुदना आलम, उनकी पत्नी, सालो र अन्य केहिलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले अनुसंधानका क्रममा रहेको हुनाले अन्यको नाम खुलाएको छैन । 

आज बिहानकाे राती कनकाई नगरपालिका-३ का पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीला प्रसाद  सिलवालको पहिलो बेते गाई काटिएकाे थियाे । 

बिहान दुहुन जाँदा गाेठमा गाई नदेखेपछि चाेरी भएकाे भन्दै सिलवालले इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । गाईकाे खाेजी गर्दा साेही स्थानका लीला संग्राैलाकाे घरभित्र काटेर मारेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । 

यसैबीच सो घटनाको विरोधमा आज दिउँसो ४ः२० बजेदेखि संग्रौलाको घर अगाडी गौं बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०, ३५ जना धर्मगुरु, स्थानीय करिब २५० जनाको संख्यामा भेला जम्मा भई ‘गौं हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

मृत गाईलाई साँझ ५ः२० बजे घटनास्थलबाट गाडीमा राखेर सुरुङ्गा चोकस्थित पूर्व पश्चिम राजमार्गमा ल्याई उनीहरुले चक्काजाम गरेका थिए । उक्त चक्काजाम साँझ ६ः१० बजे खुलेको छ भने प्रदर्शनकारीहरुले उक्त मृत गाईलाई कन्काई नदीमा लगेर अन्त्येष्टि गरिरहेका छन् ।

त्यस्तै साँझ ६ः३० बजेदेखि कन्काई –४ कोटीहोमस्थित कन्काई पुलनजिक पूर्वपश्चिम राजमार्गमा मृत गाई राखेको गाडीलाई सडकमा 

घटनापछि हिन्दु धर्मका अगंजले घटनास्थलमा चर्काे नारावाजी गरेका थिए । उनीहरुले घटनामा संलग्नलाई कडा कारवाहीकाे माग गरेका थिए । 

दुई महिना अघि झापाकाे दमकमा गर्भिणी गाई काटिएकाे थियाे । प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेर मुद्दा चलाएकाे जनाएकाे छ । 


  • ५६७ पटक पढिएको
‘किताब मेला २०८३’ को तेस्रो दिन: नेपाली साहित्यमा सौन्दर्यबोध र भाषिक शिल्पमाथि गहिरो मन्थन ‘किताब मेला २०८३’ को तेस्रो दिन: नेपाली साहित्यमा सौन्दर्यबोध र भाषिक शिल्पमाथि गहिरो मन्थन

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको ‘किताब मेला २०८३’ को तेस्रो ...

सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित

अर्जुनधारा, १८ असोज । चन्द्रगढी भेट्रान्स एफसीमाथि शानदार जित निकाल्दै आयोज ...

झापाको बिर्तामोडमा ‘कन्काई बजार’ सञ्चालनमा, चाडपर्व लक्षित सम्पूर्ण सामानमा २० देखि २५ प्रतिशतसम्म छुट झापाको बिर्तामोडमा ‘कन्काई बजार’ सञ्चालनमा, चाडपर्व लक्षित सम्पूर्ण सामानमा २० देखि २५ प्रतिशतसम्म छुट

बिर्तामोड, असोज १८। झापाको बिर्तामोड–५ मा सेवाग्राहीलाई एकै स्थानमा सह ...

  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic