अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पानीकल बस्ने बर्षअन्दाजी ५५ को सन्त बहादुर मोक्तान तामाङको घर कोठामा अन्दाजी ८ किलोग्राम टुक्रा टुक्रा पारेको मासु सहित
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी बर्ष ५० को राम तामाङलाई १ थान खुकुरी सहित नियन्त्रणमा लिईएको, डिओपी झापा जानकारी केन्द्रले जनाएको छ ।
घर धनी सन्तबहादुर मोक्तान तामाङ तत्काल फरार रहेकोमा निजको खोजतलाश भई रहेको प्रहरीले जनाएको छ ।
सम्पुर्ण कानुनी प्रकृया पुरा गरी मासुलाई परिक्षणको लागी पटाइको, सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।
झापामा श्रङखलाबद्व रुपमा पछिल्लो समयमा गौहत्याको बढिरहको छ ।
२ दिनको अन्तरमा पुन गाई काटिएको धटना बाहिर आएको छ । यसअघि मंगलवार कनकाई –३ टप्पुमा लैनो गाईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।