काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।
‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने । सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डीन नदोहोर्याउने नीति छ ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।