बिर्तामोड ।  बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 

तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा सक्ने भनेपनि छात्र तर्फको भलिबल प्रतियोगिता सम्पन्न नहुँदा बुधबार सबै सबै पुरस्कार वितरण हुन सकेन ।

 छात्र भलिबल र समग्र विद्यालयमा प्रथम, द्वितीय र तृतीयको नतिजा सहित पुरस्कार आज घोषणा  तथा वितरण गरिएको हो ।

IMG_0798-scaled

छात्रा भलिवल लगायत अन्य विधाका खेल विजेता विद्यालयहरुलाई बुधबार साँझ पुरस्कार वितरण गरिएको छ । जसमा भलिवल छात्रा तर्फ निदि माध्यमिक विद्यालय प्रथम, वाल्मीकी विद्यालय द्वितीय र टावर टेम्पल तृतीय भएका छन् ।

IMG_7441

कराँते विद्यामा २ स्वर्ण, ४ रजतसहित महेन्द्र रत्न प्रथम, १ स्वर्ण, २ रजतसहित कनकाई द्वितिय र १ स्वर्ण, ४ काश्यसहित कञ्चनजंघा स्कुल तृतीय भएका छन् ।

IMG_0769-scaled

यस्तै तेक्वान्दो तर्फ ३ स्वर्ण, २ काश्य र ५ काश्यसहित देवी मा.वि प्रथम, २ स्वर्ण, १ रजत ३ काश्यसहित टावरटेम्पल दोश्रो र २ स्वर्ण, १ रजत, १ काश्यसहित न्यूटन एजुकेशन तेश्रो भएका छन् ।

यस्तै उत्सु तर्फ ६ स्वर्णसहित निदि प्रथम २ स्वर्णसहित ग्लोरी दोश्रो र २ स्वर्ण, १ रजतसहित कञ्चनजंघा तृतीय भएको छ ।यस्तै एथलेटिक्स तर्फ महेन्द्र ज्योति मावि १० स्वर्णसहित प्रथम महेन्द्र रत्न मा.वि ७ स्वर्णसहित द्वितीय र देवी मा.वि. ३ स्वर्णसहित तृतीय रहेका छन् ।

IMG_7382

कवडी छात्र तर्फ महेन्द्र मावि प्रथम, कञ्चनजंघा द्वितीय र सरस्वती तृतीय भएका छन् ।

कवडी छात्रा तर्फ दुर्गा मा।वि। प्रथम,कञ्चनजंघा द्धितीय र देवी मावि तृतीय रहेका छन् ।

बिजेता खेलाडीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार वितरण गर्नु भयो ।