बिर्तामोड । भरत भाबुक प्रसाई, मनकामना कलेजले माध्यमिक तह  तथा स्नातक प्रथम बर्षमा भर्ना भएका सम्पुर्ण विद्यार्थीलाई स्वागत गरेको छ । 

IMG_7680कार्यक्रम क्याम्पसका क्याम्पस प्रमुख  प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईंले स्वागत गर्नु भएको थियो ।

IMG_7567 विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्दै कलेजका शिक्षक हेम उप्रेतीले विद्यार्थीले आफ्नो क्षमतालाई चिन्न सके हरेक विधामा सफल्ता पाउने बताउनुभयो । 

कलेजका पुर्व शैक्षिक कोडिनेटर कुमार थपलियाले प्रविधिको प्रयोग सहि तरिकाले नहुदाँ विद्यार्थीहरूको भविष्य अन्धकार बन्दै गएको बताउनुभयो । उहाँले शिक्षा नै विकास र परिर्वनको आधार रहेको बताउनुभयो । 

IMG_7721उहाँले मनकामना कलेज सधै विद्यार्थीहरूको भविष्यका लागि चिन्तित रहने गरेको उहाँको भनाई थियो । 

  कक्षा ११ र स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्वागत गर्दै क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले सम्पूर्ण विद्यार्थीले भविष्यलाई सम्झेर गम्भीर भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रविधिमैत्री शिक्षामा निम्ति विद्यार्थीमा ?चिहुनु पर्ने बताउनुभयो ।

IMG_7811

 उहाँले गएको २५ वर्षमा धेरै प्रतिभाशाली  विद्यार्थी उत्पादन गर्न सफल भएको भन्दै 

 शिक्षामा मनकामना कलेजले कुनै सम्झौता नगर्ने बताउनुभयो । कार्यक्रममा कक्षा ११ कानुन संकायकमा अध्यनरत श्रीअन ओली र स्नातक तहका तर्फबाट रचना थापाले  मनकामना कलेज अध्ययन गर्दाको अनुभव प्रस्तुत गरेका थिए ।

निबन्ध प्रतियोगितामा कक्षा ११ तथा १२ मध्येबाट प्रथम स्मारिका राई  र द्वितीय पुकार चौहान र तृतीय गरिमा धमलालाई नगद १००, ७०० र ५०० नगद पुरूस्कार कौटिल्य फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतले वितरण गर्नु भएको थियो ।

त्यस्तै स्नातक तहबाट एन्जला लिम्बु प्रथम टीका भण्डारी,  द्वितीय र रचना थापा तृतीय भएका थिए ।

IMG_7607

कार्यक्रम सफल्ताको शुभकामना दिदै कौटिल्य फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतले  मनकामना माध्यमिक तथा कलेजलाई विश्वास गरि अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरूलाई  विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा क्याम्पसका लेखा प्रमुख रामकुमार बुढाथाकी, ल प्याकल्टीका प्रमुख चुडामणि न्यौपाने, शिक्षिका प्रमिला दाहाल,वविता वस्नेत, केशव दुङगाना,शिक्षक मिलन कोइराला, लगायत विभिन्न संकायका शिक्षिकाको उपस्थिती रहेको थियो ।

IMG_7599

कार्यक्रममा मेरिना गोम्देन,इप्सा मेङ्यावो,रोजी खतिवडा, गरिमा नेपाल,दिपा तामाङ रेनुका राम, भूमिका कार्की,अनुस्का सहनी,सोनिका लोहागुन लगायतले नृत्य तथा श्रीअन ओली,अपसन चापागाँई, विवेक खरेल,यमुना बाँनियाले कविता प्रस्तुत गरेका थिए ।

IMG_7813कार्यक्रममा पुरन चापागाँईको प्रहसनले रौनकता थपेको थियो । औपचारिक कार्यक्रमकाे सञ्चालन कलेजका शिक्षक विजय तिम्सिनाले र  सांस्कृतिक कार्यक्रम पत्रकार तथा विए तेश्रो बर्षमा अध्ययनरत भरत प्रसाईले सञ्चालन  गर्नुभएको थियो ।