बिर्तामोड –१स्थित देवी पञ्चकन्या टोलमा रहेको कोशी प्रदेशकै अग्लो कैलाशेस्वर महादेव प्रतिमाको संरक्षण गर्ने उदेश्यले कैलाशेश्वर संरक्षण समिति गठन गरिएको छ ।
युवा उर्जाशिल सामाजिक अभियन्ता जनक खड्काको अध्यक्षता रहेको समितिमा महिला उपाध्यक्ष दिलकुमारी थपलिया , केदार अधिकारी उपाध्यक्ष , चन्द्रप्रसाद भट्टराई सचिव, हेमकुमार कडरिया सह–सचिव, कोषाध्यक्ष पुण्यप्रसाद दुलाल,सदस्यहरु सुरेश अग्रवाल,हरी प्रसाद तिम्सिना,तारा गौतम,अम्विका थापा,निर्मला अधिकारी नितेश शर्मा, पर्शुराम शिवाकोटी र सल्लाहकारमा प्रमोदकुमार राय र सुरेश अग्रवाल रहनु भएको छ ।
देवी पञ्चकन्या टोलमा ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमा जसमा आठफुटको जग र २५ फुटको महादेवको प्रतिमा संरक्षण गर्ने हेतुले नयाँका कार्यसमितिको निर्माण गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।
विशाल महादेव प्रतिमाको प्रचार प्रसारमा समिति अब जुट्ने बताउनुभयो ।
देवी पञ्चकन्या टोलमा जिर्ण बनेको नमूना मार्ग निर्माण र व्यवस्थापनमा समिति लाग्ने अध्यक्ष खड्काले बताउनुभयो ।
राजनिति छाडी विशुद्वरुपमा सामाजिक सेवामा होमिनु भएका अध्यक्ष खड्का टोल र वडाका हरेक समस्यामा सक्रियतापूर्वक लाग्ने गर्नुभएको छ ।
पञ्चकन्या टोल प्रवेश गर्न स्वागत द्वार ,सडकको दायाँ–वाँया वगैचा, बिचको डिभाइडरमा आकर्षक फुलबारी , किनारमा व्यवसायीक प्रयोजनको घर, ठाउँ –ठाउँमा विश्रामालय, अण्डरग्राउण्ड विजुलीसहितको आकर्षक सडक,पानिको फोहारासहितको नमूना मार्ग निर्माण र व्यवस्थापन गर्दै पर्यटकिय स्थलको रुपमा यस स्थानलाई चिनाउन लागि परेको उहाँको भनाइ छ । उहाँले
संघीय सरकार , प्रदेश सरकार , स्थानीय सरकार र विभिन्न दाताहरुको सहयोग विगतमा जस्तै आउँदा दिनहरुमा पनि मिल्ने आशा रहेको बताउनुभयो ।
कार्यक्रममा टोल भित्रका स्थानिय समाजसेवी रामन्दास सिटौला, डिल्लिराम थपलिया, किशोर खरेल, दिपक पोखरेल रोहित कार्की, कमल चम्लागाइ र तिर्थराज खरेल लगायतको उपस्थिती रहेको थियो ।














