कनकाई,  १३ पौष  २०८१ झापाको कनकाई नगरपालिका–१ र ७ मा कार्य क्षेत्र रहेको शिद्वेश्वर शिवपान्चायान कृतन मन्डलीको अध्यक्षमा पुनःकृष्णमाया ढकाल तथा  सचीवमा  शुस्मा भट्टराई ( बस्नेत) चयन हुनुभएको छ।

 शनिबार आज  कनकाई बिहानी क्लबको सभाहलमा भएको कृतन मन्डलीको दोस्रो  साधारणसभा तथा पहिलो  अधिवेशनबाट अध्यक्षमा पुनः  ढकाल र सचीवमा बस्नेत सर्व सहमत चयन हुनुभएको हो।

 त्यस्तै  उपाध्यक्षद्व्यमा कमला कार्की र तुलसा कार्की (थापा) , सह-सचीवमा निर्मला बानिया,कोषाध्यक्षमा सुरेखा शर्मा घिमिरे  ) चयन हुनुभएको हो।त्यसै सदस्यहरुमा चन्द्रा मिश्र (ढकाल) दुर्गा तिम्सिना ,छनी हास्दा, निसुका बस्नेत ,तिलरुपा भट्टराई (अधिकारी ) पवित्रा बस्नेत मेनुका ओली बालिका थापा,बन्दना अधिकारी गरि १५ सदस्यीय समिति गठन गरिएको बताएको छ।

त्यसैगरी  पन्डित बलराम पौडेलको संयोजखत्त्वमा ७ सदस्यीय कृतन मन्डली संरक्षण समिति समेत गठन गरिएको छ।

जसमा सदस्यहरुमा पन्डित नारान प्रसाद पाठक , यादप अधिकारी ,चुडामणिा  ढकाल,गोकुल भुजेल, श्रीप्रसाद खतिवडा ,श्रीप्रसाद अधिकारी गरि सात सदस्यीय समिति चयन गरिएको जनाएको छ।


कृतन मन्डलीकी अध्यक्ष कृष्णा ढकालको सभापतित्त्वमा भएको साधारणसभा तथा पहिलो  अधिवेशनको प्रमुख अतिथिमा शिक्षासेवी गितकार तथा मन्दीर एवम् कृतन मन्डलीका  सल्लाहकार संयोजक अनिरुद्र ओली  रहनुभएको थियोे ।

समिति सदस्यीय चन्द्रा मिश्र ढकाल) ले स्वागत गरेको कार्यक्रममा अध्यक्ष ढकालबाट वार्सिक प्रतिवेदन र कोषाध्यक्षमा सुरेखा शर्मा घिमिरेबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

4 1

कार्यक्रममा प्रमुख अतिथि ओलीले  हालसम्म कृतन मन्डलीको सक्रियताको खुलेर  उच्च प्रसंसा गर्नुभएको थियोे । कार्यक्रममा कनकाई बिहानी क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेत , क्लबका अध्यक्ष लोकनाथ उप्रेती ,शिद्वेश्वर शिवपान्चायान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सिटौला ,बिहानी महिला समुहकी सचीव निर्मला बस्नेत ,शिक्षासेवी तथा सल्लाहकार गोपिकृष्ण भट्टराई ,टोल संयोजक यादव प्रसाद अधिकारी पन्डित नारायण प्रसाद पाठक  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।


कार्यक्रममा जेष्ठनागरिक डिल्लीराम बस्नेत मन्दिर पुजारी श्रीनारायण अधिकारी ,देवी प्रसाद न्यौपाने , गिता कार्की , पुजन बास्तोला, रुकमनी कोईराला सहित  विभिन्न दाता परिवार लगायत सयौं बढीको  उपस्थिति रहेको थियोे ।

कार्यक्रमकै अवसरमा आयोजित ज्ञान मन्चमा एकवर्ष भरिमा सबैभन्दा धेरै उत्तर मिलाउने चन्द्रा मिश्र (ढकाल) प्रथम  घनश्याम अधिकारी द्वितिय , तृतीय  हुने दुईजना क्रमशः  बालिका थापा र गिता कार्कीलाई पुरस्कृत गरिएको थियोे ।

 पहिलो पुरस्कारको प्रायोजक क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेत दोस्रो पुरस्कारको प्रायोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष  बालकृष्ण सिटौला तेस्रो पुरस्कारको व्यवस्थापन कृतन मन्डली अध्यक्ष ढकालले नै गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव चुडामणिा ढकालले गर्नुभएको थियोे ।