बिर्तामोड, १३ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक  स्तरोन्नति कार्य धमाघम भईरहेको छ । 


नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । 

572cca9b-997d-493e-99ac-026ba7569643

सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो ।

सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी माघ ३० गतेसम्म रहेको छ । बिर्तामोड नगरपालिकामा साना तथा ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।