इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ ।

अग्रेजी संवतसंगै राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइने गरिन्छ । यसै अवरसमा प्रधानकन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष सन् २०२५  तथा राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक सञ्जाल मार्फत शुभकामा दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्  नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना भनी लेख्नु भएको छ । 

नेपाली टोपी र पोशाकको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् । 

मोफसल अन्लाइनको तर्फबाट सम्पूर्ण आमा बुबा दाजु भाईमा अंग्रेजी इस्वी संवतको नयाँ वर्ष सन् २०२५, राष्ट्रिय पोशाक तथा टोपी दिवसको हार्दिक मंगलमय शुभकामाम