ताप्लेजुङ
। सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार
साँझदेखि हिमपात भएको छ ।
हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित
जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
पाथीभरा
मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको
फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए ।
हिमपात भए पनि जनजीवनमा सामान्य रहेको
उनले बताए ।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो ।
हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो ।
सामान्य वर्षा र हिमपात हुन
सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।