बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको स्वरोजगार भवानी तथा ऋण सहकारी संस्थाले  पत्रकार सम्मेलन गर्दै सहकारीका सम्बन्धमा फैलाइएका समाचारहरु भ्रामक र कपोकल्पित रहेको जनाएको छ । 

प्रेस चौतारीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वरोजगार भवानी तथा ऋण सहकारी संस्थाका अध्यक्ष बस्नेतले सहकारीले कुनै पनि शेयर सदस्यलाई गलत नियतले मार पर्ने काम नगरेको बताउनु भयो ।

उहाँले सहकारी संस्थाको ५१ हजार सदस्य रहेको बताउनु भयो । उहाँले संस्थामा १ अर्व २१ करोडको वासलात रहेको बताउनुभयो ।

झापा अरव कटेका १० वटा संस्था मध्ये स्वरोजगार पनि एउटा संस्था रहेको उहाँको भनाइ छ ।

  निर्वमान उपाध्यक्ष  कमला थापाका छोरा अषेश थापाले संस्थाबाट अपचलन गरेको पैसा  निर्वमान उपाध्यक्ष थापाले नतिर्ने  भन्दै जनताको पैसा नदिने भनेपछी पत्रकार सम्मेलन गर्न आफुहरु बाध्य भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

६७ लाख ७६ हजार रकम विभिन्न चरण निकालिएको जनाइएको छ ।

उहाँले  १४ जनाको किर्ते कागजबनाई अषेश थापाले पैसा निकालेकाले कानुनी बाटोमा संस्थामा अधिबढ्ने बताउनु भयो ।

 समस्या समाधानको लागि पटक पटक पहल गरेतापनी कुनै निकास ननिस्किएपछी कानुनी बाटोमा  जान बाध्य भएको उहाँको भनाई छ । 

 रकमको १० किस्ता तिरी सकेपछी  माननीय कमला थापाले गएको जेष्ठमा उपाध्यक्ष पदबाट राजीनामा  दिनु  भएको उहाँले बताउनुभयो । 

संस्थाको अझै ४० लाख रकम तिर्न बाँकी रहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु  भयो ।

उहाँले बजारमा फैलाइए जस्तो आर्थिक अभाव संस्थामा नरहेको बताउनु भयो ।

स्वरोजगार भवानी तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मनोज कुमार भट्टराईले हाल पनि संस्थामा ३० प्रतिशत तरलता कायम राख्न सफल भएको बताउदै जनताको रकम ४० लाख उठाउन कानुनी बाटो अपनाउने बताउनु भयो ।

साथै उहाँले पत्रकारहरुलाई आफुहरुले सप्रमाण बोलेको बताउनु भयो । उहाँले जनताको पैसा कसैले पनि अपचलन गर्न नपाउने बताउनु भयो ।