झापा ।  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ परेका छन् ।

बिर्तामोड–५ का प्रकाश राजबंशीको घरमा प्रतिबन्धित लागूऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सुचनाको आधारमा बुधवार साँझ ६ः३० बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रण गरेको हो । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २५ बर्षिय प्रकाश राजबंशी, सोही स्थानका ३२ बर्षिय रतन राजबंशी, बिर्तामोड–१ का  बर्ष २१ बर्षिय करण धिमाल र इलामको एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ बस्ने २१ बर्षिय आशिष लिम्बुलाई चेकजाँच  गरेको थियो । 

चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर  प्लाष्टिक बाहेक ४२० मिलिग्राम फेला परेकोले प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।