अर्जुनधारा । भरत भाबुक प्रसाई, झापाको अर्जुनधारामा जारी अन्तर मा.वि पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेबी मा.बिले जितेको छ । 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा–९ को नमुना खेल मैदानमा भएको नक आउट फुटवल प्रतियोगितामा लक्ष्मी मा.वीलाई ४–३ गोल अन्तर्गतले ट्राइबेकरमा हराउँदै सिंहदेबी मा.बि बिजयी भएको हो  । 

IMG_9412

 बिजयी सिंहदेबी मा.बिले प्रतियोगितामा आफ्नो तालमेल, रणनीति, र दृढताले दर्शकहरूको मन जित्न सफल भएकाे थियो । 

प्रतियोगिताको प्रथम हुने टिम सिंहदेवी मा.बिलाई ३० हजार ट्रफी मेडल र प्रमाणपत्र र द्वतीय हुने टीम लक्ष्मी मावीलाई २० हजार सहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

IMG_9419

प्रतियोगितामा उत्कृष्ट गोल किपर सन्दीप तामाङ, बेष्ट डिफेन्डर सुनिल लोहार, सर्बाधिक गोलकर्ता प्रकाश हस्दा, बेष्ट मिडफिल्डर प्रज्वल राई, वेस्ट फरवार्ड प्रभुषण राई लाई जनही दुई÷दुई हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा विशेष अतिथिहरूले खेलाडीहरुलाई  शुभकामना दिदै अझै आफ्नो खेल जिवनलाई उज्जवल बनाउन सुझाएका थिए  ।

त्यस्तै गरेर उक्त प्रतियोगितामा अन्तराष्ट्रिय फिफा रेफ्री श्याम दनुवारलाई नगद २० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

नगर खेलकुदको पहिचान नगरको सान  बिद्यार्थीको क्षमता दक्षतामा बृद्वि विकास गर्ने हाम्रो अभियान भन्ने मुलनाराका साथ सञ्चालित नकआउट फुटवल  प्रतियोगितामा अर्जुनधारा भित्र रहेका १४ विद्यालयको सहभागिता रहेको थियो ।

IMG_9392प्रतियोगिता माघ २ गते देखि आज माघ ५ गते सम्म आयोजना भएको थियो ।  

यो प्रतियोगिताले क्षेत्रीय खेलकुदमा नयाँ ऊर्जा र उत्साह थपेको छ । स्थानीय स्तरमा यस्तो खेल आयोजना हुनुले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा अर्जुनधारा नगरपालिका नगर प्रमुख बल्देव गाम्देन, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, जनप्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेकाे थियो ।

1 4

 कार्यक्रमको सञ्चालन अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनले गर्नुभएको थियो ।