कनकाई। चुडाल बन्धु कल्याण केन्द्रीय समितिको १७ औ बार्षीक साधारणसभाको अबसरमा सञ्चारकर्मी चुडामणी तिम्सिना (सिएम शर्मा) सहित ८ जना सम्मानित भएका छन ।
चुडाल बन्धु कल्याण केन्द्रीय समितिको सभाहल कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा आयोजित संस्थाको १७ अौ बार्षिक साधारणसभाको अवसरमा झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा रहेर दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल ठोस खबरका संचालक /सम्पादक , नेपाल पत्रकार महासंघका सदस्य , प्रेस सेन्टर नेपाल कोशि प्रदेश सदस्य , कनकाई सुरुङ्गा प्रेस क्लबका उपाध्यक्ष साथै विभिन्न संघ संस्थामा आब्द्ध रहेर पत्रकारीताको क्षेत्रबाट सामाजका विकृति विसंगति विरुद्ध अावाज उठाउदै असल समाज रुपान्तरणमा तिम्सिनाले खेलेको भुमिकाको मुल्यांकन गर्दै चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडालबाट आफ्ना बुबा आमा र श्रीमतीको नाममा संस्थामा स्थापना गरिदिनु भएको विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाट संस्थाले तिम्सिनालाई सम्मान गरेको हो ।
त्यसैगरी संस्थाको विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाटै संस्थाको आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाललाई उहाँले कोषमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको छ
। त्यस्तै सोहि कोषबाट संस्थाका उपाध्यक्ष तथा दशरथ स्मृति कोषका अध्यक्ष प्रेम प्रसाद चुडाल (प्रकाश) लाई उहाले बन्धुत्वमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाटै शिक्षक शान्तादेवी चुडाल खरेललाई सम्मान गरिएको छ ।
त्यसै गरि कार्यक्रममा चुडाल बन्धु कल्याण समितिबाट पत्रकार तथा साहित्यकार धरान उपमहानगर १८ निवासि भवानिप्रसाद चुडाल , श्रीप्रसाद जसोदा स्मृति कोषवाट मनमाया चुडाल , जन्मजय धनमाया स्मृति कोषबाट लोकनाथ चुडाल र भक्तमाया स्मृति छात्रवृतिबाट बन्धु परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा जेभिसा चुडाललाई सम्मान गरिएको छ ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडाल , कार्यक्रमका अध्यक्ष गोपाल चुडाल , अक्षयकोष दाता साथै अतिथिहरुले सम्मानपत्र , मायाको चीनो साथै नगद प्रदान गर्दै सम्मान गर्नु भएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लम्जुङ्बाट आउनुभएका कार्यक्रमका बिषिष्ठ अतिथि चिलवाल बन्धुका केन्द्रीय अध्यक्ष फडेन्द्र चिलवालले हाल सम्मको अध्ययन अनुसन्धानका क्रममा चुडाल र चिलवालहरुको ईतिहास जोडिएको देखिएको हुदा यस बिषयमा थप अध्ययन अनुसन्धान गरी निचोडमा पुग्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अतिथिहरु कनकाई वडा नं. ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल , संग्रौला बन्धु सेवा समन्वय समितिका केन्द्रीय महासचिव युवराज संग्रौला , पराजुलि सेवा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा पराजुली लगायतले शुभकामना मन्तव्य राख्दै चुडाल बन्धुले बन्धु समाजमा गरेका कार्यहरु हेरेर अरुले पनि त्यसको अनुसरण गर्न सकिने वताउनु भयो ।
उहाँहरुले चुडाल बन्धुको एकता र संस्थाको कार्यलय परिसको व्यवस्थापन लाई इंगित गर्दै चुडाल बन्धु कल्याण समिति , बन्धु समाजहरुको लागी अध्ययन केन्द्र हुनसक्ने पनि वताउनु भयो ।
कार्यक्रममा चिलवाल बन्धुका केन्द्रीय उपाध्यक्ष राजिव चिलवाल , पाठक बन्धु प्रतिष्ठानका केन्द्रीय महासचिव सोम पाठक , सिग्देल बन्धुका प्रदेश सचिव गोपाल सिग्देल , सेडाई बन्धुका संस्थापक अध्यक्ष हरि सेडाई साथै चुडाल बन्धुका अग्रजहरुको आतिथ्यता रहेको थियो भने चुडाल बन्धुहरुको उल्लेख्य उपस्थित रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका बरिस्ठ उपाध्यक्ष श्रीप्रसाद चुडालले गर्नुभएको थियोे भने कार्यक्रम संचालन महासचिव भरतमणी चुडालले गर्नुभएको थियो ।