झापाली समाज यू.ए.ईको आयोजनामा  नेपाली सामाजिक परिवेशमा निर्मित हाम्रो दायित्व नामक बृत चित्र मञ्चन गरिएको छ । 

विगत लामो समयबाट यू.ए.ई झापाली समुदायको हक हितका निम्ति विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एकता सहयोग र सहकार्य को मुख्य उदेश्यले सन् २0१५ मा संस्थाको स्थापना गरिएको थियो ।

झापाली समाज यू.ए.ईले झापाको भुगोल भित्रका हरेक १५ पालिका भित्र  विभिन्न समयमा सहयोग  गर्दै आएको छ । 


2222

झापाली समाज यू.ए.ईका पूर्वमहासचिव  टेकनाथ अधिकारीले  बृत चित्रको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

 युवा विदेश पलायन कारण, यू.ए.ईमा उनिहरुको अवस्था र  झापाली समाजले गरेको गतिविधिलाई बृत चित्रमा समावेश गरिएको छ ।

कार्यक्रमकमा स्वागत झापाली समाज यू.ए.ईका सल्लाहकार भरत शिवाकोटीले गरेको कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक तथा  केन्द्रीय  सदस्य  प्रदिप संग्रौलाले गर्नुभएको थियो ।  

मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला संयोजक गंगा भट्टराई , सह–संयोजक रोशनी अधिकारी खनाल, समाजसेवी प्रकाश विष्ट, समाजसेवी अम्बिका दाहाल, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, लगायत झापाली यू.ए.ई सेवा समाजका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य लगायत  कार्यसमिति सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

7777777 1बृत चित्रमा सञ्चारकर्मी स्वस्तिका आर्चायको पाश्र्व आवाज र देवेन्द्र निरौलाको छाँयाङकन तथा सम्पादन रहेको छ ।

झापाली समाज यू.ए.ईमा ४ सय जना आजिवन सदस्य र १0 हजार साधारणा सदस्य रहेको कार्यक्रम संयोजक प्रदिप संग्रौलाले बताउनु भयो ।

झापाली समाज यू.ए.ईले क्षितिज नाट्य समाजलाई २0७२ मा १ धुर जग्गा खरिद गरिएको थियो ।

 झापाली समाज यू.ए.ईभित्र  रहेका  आजीवन सदस्यको मृत्यु  भएमा ३५,000 हजार सहयोग गर्दै आएको छ ।