बिर्तामोड खेलकुद विकास समितिको आयोजनामा हुने प्रथम  अन्तरपालिका नकआउट महिला फुटबल  प्रतियोगिता बिर्तामोड  स्थित डोमालाल राजवंशी रङगशालामा हुने भएको छ ।

माघ २६ गतेबाट शुरु हुने  प्रतियोगिताको तयारी अन्तिम  चरणमा पुगेको बिर्तामोड नगर खेलकुद बिकास समितिका उपाध्यक्ष सन्तोश गुरुङले बताउनु भयो ।

jhapa2024-12-01-09-52-20

उहाँले झापा भित्र  रहेका १५ पालिका मध्ये १० पालिकाको सहभागीता रहने जानकारी दिनु भयो ।

1

भोलि २६ गतेको उद्घाटन  खेल बिर्तामोड  नगरपालिका र बुद्वशान्ति बिच हुने छ । उहाँले नगरपालिकाको टिममा बाहिरका खेलाडी  ४ जना सम्म समावेश गर्न पाउने बताउनु भयो ।

भोलिको प्रतियोगिताको  उद्घाटन  प्रतिनिधि सभाका सम्माननीय सभामुख  देवराज घिमिरेले गर्नुहुने बिर्तामोड खेलकुद बिकास समितिका अध्यक्ष बिकास गिरिले बताउनु भयो ।

2

उहाँले प्रतियोगितामा  प्रवेश निशुल्क   गरिएको बताउदै १० हजार अट्न सक्ने गरिको ब्यवस्थित प्याराफिट निर्माण  सम्पन्न  भइसकेको  बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई  ३ लाख नगद र ट्रफि र प्रमाणपत्र र दृतिय हुनेलाई पुरुस्कार १ लाख पचास हजार  नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ । 

5विशेष गरि महिला घर चुलो चौकामा मात्रै  सिमित भएर बस्नु हुदैन खेलको माध्यमबाट  आफ्नो प्रतिभा देश र समाजलाई  देखाउनु र चिनाउनु पर्छ भन्दैबिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई  पहलमा टुनामेन्ट आयोजना हुन सम्भव भएको अघ्यक्ष गिरी बताउनु हुन्छ ।

महिला फुटवल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि प्याराफिट र मैदान तयार भइसकेको जनाइएको छ ।

प्रतियोगिता माघ २६ गतेदेखि फागुन ०५ गते सम्म डोमालाल राजबशी रंगशालामा हुनेछ ।