बिर्तामोड, २८  माघ :  उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको  फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।


आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकि स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।


समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३-०"गोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बनिन् ।

0eca128d-c0d3-49fe-937f-b56004c3c112भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।

भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।