बिर्तामोड –७ स्थित विरान झापामा रहेको श्री लक्ष्मी आधारभुत  विद्यालयले आफ्नो ६९औं  वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

२०१२ सालमा स्थापना भएको  प्रा.वि विद्यालय २०४० सालमा नि .मा.विको रुपमा स्तरउन्नति भएको थियो । बार्षिक उत्सवको अवसरमा विद्यालयले  खेल सप्ताहको आयोजना गरेको थियो ।

विजयी विद्यार्थी तथा उत्कृष्ट छात्र छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड वडा नम्वर ७ वडाध्यक्ष कष्ण अविरल खरेलले पुरस्कार वितरण गर्न भएको थियो ।

IMG_2308

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदनीप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  विद्यालयकी सहायक –प्रधानाध्यापक अनिता शिवाकोटीले स्वागत गर्न भएको थियो । 

विद्यालयका अग्रज शिक्षक रत्नकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्दै शिक्षाको  गुणस्तरमा  सम्झौता नगरी पठान सिकाईलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको तर्क राख्नु भएको थियो ।


IMG_2404

कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष खरेलले व्यानर पढेर उदघाटन गरिएको कार्यक्रममा  दिर्घ शिक्षक सम्मानबाट प्रा.वि प्रथम श्रेणीका हरीप्रसाद सुवेदी र प्रा.वि द्वतिय श्रेणीका विष्णुप्रसाद भट्टराइलाई सम्मान गरिएको छ । 


IMG_2556

वार्षिक उत्सवमा विद्यालयकातर्फबाट विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले  विद्यालयको प्रतिवेदन प्रस्तुत  गर्नु भएको थियो ।

उहाँको प्रतिवेदनमा संस्थागत विद्यालयहरुका कारण विद्यार्थीहरुको सहभागिता न्युन रहनुका साथै अभिभावहरुको विश्वास जित्न नसकिएको उल्लेख गरिएको छ ।  प्रतिवेदनमा भौतिक संरचनाकोे बिकास संगै अंग्रेजी पठनपाठनमा थप कक्षा सञ्चालन गर्ने लगायतका विषयहरु समावेश गरिएको छ  ।

कार्यक्रमका विच वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा कक्षा ८ की सानिया खातुन लाई सम्मान गरिएको थियो ।  कार्यक्रमकी विशिष्ट अतिथी  बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी शाखा अधिकृत  जानुका रेग्मीले  लक्ष्मी आधारभुत विद्यालयले सिमित श्रोत साधन बिचबाट पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।



IMG_2388उहाँले विद्यालय प्रविधि मैत्री बन्दै गएको आफुले सुन्न पाउँदा खुसी लागेको बताउनुभयो ।


प्रत्येक शुत्रबार नियमित रुपमा अतिरिक्त क्रियकलाप सञ्चालन गर्दे आएको विद्यालयमा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै २०८० बाट  कक्षा युकेजी देखि ३ सम्म अग्रेजी मिडियममा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गेहनाथ   लामिछानेले बताउनु भयो । 

विद्यालयमा हाल २ सयजना विद्यार्थी रहेको विद्यालयका शिक्षक केशव उप्रेतीले बताउनु भयो ।  कार्यक्रममा विभिन्न विद्यार्थीहरुले तयार पारेको नृत्यका साथै  गितहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा  डान्सिङग चेयर तथा डोरी तान लागायतका प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा प्रत्यक्ष रुपमा अभिभावहरुले सहभागिता जनाएका  थिए । 

प्रमुख अतिथी बिर्तामोड वडा नम्वर ७ वडाध्यक्ष कष्ण अविरल खरेलले निम्नस्तरका विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न सफल लक्ष्मी आधारभुत विद्यायले समय अनुसार पठन सिकाई मा ठुलो फड्को मारेको बताउनु भयो ।

उहाँले सम्पूर्ण दाता तथा  विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिदै अभिभावहरुले विद्यालयलाई विश्वास गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक केशव उप्रेतीले गर्नुभएको थियो ।