ओमनारायण राजवंशी । लिम्बु समुदायको वंश खुदाङको ५ औ जिल्ला अधिवेशन तथा दोश्रो महाधिवेशन शिवसताक्षी नगरपालिको दुधेमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
पुर्खेली सुभाङमा आज भन्दा २ सय वर्ष पहिले देखा परेका खुदाङ बंशको एकता निम्ति अन्तराष्ट्रय सम्मेलनको आयोेजना गरिएको अग्रज देउबहादुर खुदाङले बताउनुभयो ।
उहाँले पुर्खाले हिडेको बाटोमा हिड्दै लिम्बु संस्कृतिलाई संरक्षण गर्न सम्पूर्ण वंश भित्रका भाइबन्धु एक हुनुपर्ने बताउनु भयो ।
शिवसताक्षी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष बहादुर आङबोको प्रमुख आतिथ्यता रहेको कार्यक्रलाई संस्थाका उपाध्यक्ष प्रेम खुदाङले स्वागत गर्नु भएको थियो ।
सङजुम्भोका अध्यक्ष रामकुमार खुदाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वंशावली निर्माण गर्नमा सहयोग गर्ने लगायत सदस्यता ग्रहणगर्ने भाइ बन्धुलाई स्वागत सहित सम्मान गरिएको थियो ।
खुदाङको वंशावली समाजका कोषध्यक्ष मन खुदाङले एकता सहकार्य र भाइबन्धुको हित र वंशको संरक्षणमा सदैव लागि रहने बताउनु भयो ।
उहाँले यसै अधिवेशनमा का माध्यमबाट सम्पूर्ण खुदाङहरुलाइ वशांलीमा लिपिबद्व हुन आग्रह गर्नु भएको छ ।
फागुन ५ गतेबाट सुरु भएको अन्तराष्ट्रिय सम्मेलन आज फागुन ७ गते बुधबार समापन हुदैछ । अधिवेनमा खुदाङ वंशावलीका केन्द्रिय प्रतिनिधी अग्रज प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो।














