अर्जुनधारा । भरत भाबुक प्रसाई, महिला शसक्तिकरण तथा नारीका समस्यामा आवाज उठाउदै आएको संयुक्त महिला नेपालले लोपोन्मुख नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको छ ।
महिलालाई उद्यमशिलतासंग जोड्दै राजगारीको अवसर प्रदान गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशले बताउनुभयो ।

निजी आफ्ना आवश्यकता भन्दा बालबालिका र महिलाहरुको उन्नयनमा मरिमेट्ने अध्यक्ष गणेशले विभिन्न समयमा नारी स्वरोजगारको कार्यक्रम सञ्चालन गरिसक्नु भएको छ ।
विपन्न परिवारलाई पोशाक वितरण, खाद्यन्य सहयोग, ग्रामिण विद्यालयका विद्यार्थीहरलाई न्यानो कपडा वितरण लगायत अनेक सामाजिक कृर्याकलापको नेतृत्व गरिसक्नुभएकी अध्यक्ष गणेशले महिला सवल भए परिवार पूर्णरुपमा संक्षम हुने भएकाले यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
अर्जुनधारा वडा नम्वर ५ को आर्थिक सहयोग रहेको प्रशिक्षण कार्यक्रम फागुन ७ गते देखि २४ गते सम्म सञ्चालन हुने संस्थाकी उपाध्यक्ष मुना खड्काले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा वडा नम्वर ५का वडाध्यक्ष गीताराज खड्काले महिलालाई सिपयुक्त बनाई आत्मनिर्भर बनाउन अभियान सञ्चालन गरेको भन्दै संयुक्त महिला आवाज र पुर्वेली महिला नौमती बाजा संस्थालाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले महिलाको क्षमता बिकास संगै संस्कार झल्काउने बाजाको संरक्षणमा लाग्नु अत्यन्तै सुःखत पक्षरहेको बताउनुभयो ।
अर्जुनधारा भित्रका १८ जना महिलाले महिलाहरुका लागि नैमती बाजा सम्बन्धी तालिममा सहभागिता जनाएका छन् ।
संस्थाकी केन्द्रिय उपाध्यक्ष मुना खड्काले स्वागत गरेको कार्यक्रमको औचित्यमाथी सल्लाहकार चित्रकला ओलीले प्रकाश पार्नु भएको थियो ।
सल्लाहकार ओलीले महिला जागरणका साथै राजगारीका अवसर प्रदान होस भन्ने उदेश्यले नौमती बाजा बजाउने प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
उहाँले महिलाले परिवारको कर्तव्य पुरा गरी आफुलाई आत्मनिर्भर बनाउनु समाज र देशका लागि अत्यन्तै ठुलो सफल्ता भएको बताउनु भयो ।
रोजार संगै बाजाको प्रचार– प्रसार हुने भएकाले महिलाका लागि बाजा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन वडा नम्वर ५ का वडाध्यक्ष गीताराज खड्काले व्यानर पढेर गर्नुभएको थियो ।
नौमती बाजा प्रशिक्षणको सहजीकरण पूर्वेली नौमती बाजाकी अध्यक्ष मनिषा पाठक सिटौलाले गर्नुहुनेछ ।
कार्यक्रममा अर्जुनधारा वडा नम्वर ५का सचिव रीता नेपाली, वडा सदस्य पूजा कोइराला, पूर्वेली नौमती बाजाकी अध्यक्ष मनिषा पाठक सिटौलाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उदघाटन कार्यक्रममा कलाकार चित्रकला ओली,रञ्जु प्याकुरेल, सदस्य वविता काफ्ले,लक्ष्मीउप्रेती, पालिका सदस्य चन्द्रकुमार तामाङ,पत्रकार ओमनारायण राजवंशी लगायत संस्थाका केन्द्रिय प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाकी कार्यवाहक सचिव कृतिका शिवाकोटीले गर्नु भएको थियो ।














