झापा, ८ फागुनः झापाको बुद्धशान्ती–६ स्थित  बाल्मिकी शिक्षा सदन स्कुलले  १७ औँ बार्षिकोत्सव मनाएको छ । आज (बिहीबार) विद्यालय परिसरमा बिबिध कार्यक्रमसँगै  संस्कृतिक कार्यक्रम गरेर बार्षिक उत्सव सम्पन्न भएको हो । 


Messenger_creation_F74F81EA-5E51-4160-8B9A-C829E18663C6

विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता  गरेको कार्यक्रमको प्रमुख अतिथि  बुद्धशान्ती गाँउपालिका वडा नं। ६ का वडा अध्यक्ष शिवराज पौडेल रहनु भएको थियो भने बिशेष अतिथि प्याव्सन बुद्धशान्तीका अध्यक्ष तिलक पाखिन रहनु भएको थियो ।

Messenger_creation_2ECBB440-CEE3-4259-9CD1-128FC7550D1A

कार्यक्रममा बुद्धशान्ती गाँउपालिका कार्यपलिका सदस्य दिनेश लेप्चा,  वडा नं। ६ का वडा सदस्यहरु लोकेन राई, प्रमिला परियार लाखे, रमादेवि अधिकारीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा अभिभावक तथा पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सन्देश मुलक नाच, जातिय पोशाक पर्दशनी , गायन, दौड लगायतका खेलकूद प्रतियोगिता प्रस्तुत गरेको थिए ।   

विद्यालयले हरेक वर्ष  बार्षिकोत्सवमा बेग्ला बेग्लै कार्यक्रम गर्दै आएको छ। विद्यालयमा हाल कक्षा नर्सरीदेखि ११ सम्म अध्यापन भइरहेको जनाइएको छ।