बिर्तामोड । नेपाल वादोरियो कराते डो संघ झापा जिल्लास्तरीय आमन्त्रीत दोश्रो बडाध्यक्ष कप कराते प्रतियोगिताको उपाधी अर्जुनधारा डोजोले हात पारेको छ ।
कनकाई –९ वडा कार्यालय घैलाडुव्वाको आर्थिक सहयोगमा नेपाल वादोरियो आदर्श डोजो कनकाई –९ घैलाडुव्वाको आयोजना तथा झापा जिल्ला कराँते महासंघको समन्वय तथा प्राविधिक सहयोगमा घैलाडुव्वामा भएको प्रतियोगितामा अर्जुनधारा डोजोले उपाधी हात पारेको हो ।
प्रतियोगिताको फाइनलमा अर्जुनधारा डोजोले २१ स्वर्ण २४ रजत पदक प्राप्त गरी उपाधि हात पारेको थियो भने बिर्तामोड डोजोले ११ स्वर्ण १० रजत पदक प्राप्त गरी दोश्रो र आदर्श डोजोले ८ स्वर्ण ७ रजत पदक प्राप्त गरी तेश्रो भएको नेपाल वादोरियो कराते डो संघ झापाका सचिव कृष्णबाबु शर्मा(तारानाथ शर्मा वेडारी)ले जानकारी दिए ।
प्रतियोगितामा झापाका बिभिन्न पालिकाकाका विभिन्न डोजोमा आवद्ध २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहसम्मका दुई सय ५० भन्दा वढी खेलाडी विद्यार्थीले सहभागिता जनाएको उनले बताए ।
प्रतियोगितामा पुरुष र महिला तर्फका खेलाडीहरुको छुट्टा छुट्टै प्रतिष्पर्धा गरिएको र खेलाडीहरुले कुमुते(फाइट) गरेको उनले बताए । स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ गतवर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले यस वर्ष गतवर्षभन्दा वढी खेलाडीहरु प्रतियोगितामा सहभागी भएकाले आफूहरु झन उत्साहित भएको जनाए ।
नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश कोषाध्यक्ष दुर्गाचरण राजवंशीको अध्यक्षता तथा कनकाई –९ का वडाध्यक्ष राजेन्द्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल वादोरियो कराते डो संघ झापाका अध्यक्ष मदनगोपाल सुव्वाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष उप्रेती, नेपाल वादोरियो कराते डो संघका संस्थापक अध्यक्ष हरिशरण केशी, झापा जिल्ला कराँते महासंघका अध्यक्ष जगन कार्की दुर्वासा लगायतले शुभकामना दिएका थिए ।
प्रतियोगिता सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुले प्रतियोगितामा सहभागी झापाका बिभिन्न पालिकाकाका विभिन्न डोजोमा आवद्ध २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहसम्मका दुई सय ५० भन्दा वढी खेलाडीहरुलाई कुमुते(फाइट) गराएको रेफ्री संयोजक राखेपका कराते प्रशिक्षक कृष्णबहादुर वस्नेतले बताए ।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रमाणपत्र , मेडल ,ट्रफि प्रदान गरिएको नेपाल वादोरियो कराते डो संघका सिनियर कोच तथा आदर्श डोजो कनकाई –९ घैलाडुव्वाका प्रशिक्षक टेकनारायण राजवंशीले बताए ।
कार्यक्रमको सञ्चालन नेपाल वादोरियो कराते डो संघ झापाका सचिव कृष्णबाबु शर्मा(तारानाथ शर्मा वेडारी)ले गरेको टुर्नामेन्ट डाइरेक्टर राखेपका वरिष्ठ कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए ।














