कनकाई।चन्द्र बस्नेत , कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता दोस्रो खेलमा  कनकाई महिला फुटबल विजयी भएको छ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा  पुर्वकै प्रसिद्ध पर्यटकीय स्थल  जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार क्षेत्रको खेल मैदानमा  आईतबार भएको खेलमा बुद्धशान्ती महिला फुटबल टिमलाई ५-० गोल अन्त्तरले पराजित गरेको  प्रतिष्ठानका खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।

खेल अबदीभर  कनकाईका खेलाडीले दबाबमा राखेका थिए । खेलको १७ औं मिनेटमा बुद्धशान्तीकी  जर्शी न १२ कि खेलाडी करुणा राईको आत्मघाती गोलबाट  कनकाईले सुरुवाती अग्रता लिएको थियोे ।त्यस्तै खेलको २० औं मिनेटमा कनकाईकी  जर्शी न ११खेलाडी समिक्षा मगरले गोल गर्दै पहिलो हापमा २ गोल गरेको थियोे भने  तथा दोस्रो हापको ३४,३६ र ४३ औं मिनेटमा कनकाईका खेलाडीहरु जर्शी न ११समिक्षा मगर, जर्शी न ७; की खेलाडी मनिता तुम्मुरुङ्ग, र जर्शी न १५ की खेलाडी पुर्णिामा राईले थप तीन गोल गर्दै कनकाईले ५-० को जित सु-निश्चित गरेको अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।

4ff589a5-8143-48b6-bed2-4aa3cad63dd2

 खेलको प्लेयर अफ द म्याच कनकाईकी जर्शी न ८ की खेलाडी जेनिफर राना  घोषित  भईन ।उनले नगद  र२ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेको अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

 २६ गते भोलिको  खेल दमक र मेचीनगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने आयोजक परिवारले  जानकारी दिएको छ। 

प्रतियोगिताको विजेताले १  लाख १ हजार रुपैयाँ र उपविजेताले ५१  हजार  रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव रामप्रसाद निरौलाले  जानकारी  दिनुभयो 

 फागुन २४ गते शनिबार अन्तरास्ट्रिय नारी दिवसको अवसर पारी प्रतियोगिता सुरु गरिएको थियोे ।  प्रतियोगिताको उद्वघाटन खेलमा घैलाडुब्बा युवा क्लबलाई  पराजित गर्दै   बाह्रदशी  विजयी भएको थियोे ।

जिलाका ८ टोलि सहभागी प्रतियोगिता आगामी चैत २ गते समापन हुने जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।

प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनबारी किर्तन मण्डली रहेको बताइएको छ ।

प्रतियोगिताको अवधिभर स्वास्थ्य सामाग्रीको निशुल्क सेवा कनकाई १ जुकेकल्भर्टस्थित अग्रज फार्मेसीले गरिरहेको आयोजकले जनाएको छ।