हल्दीबारी । संयुक्त महिला आवाज नेपाल हल्दिबारी शाखाले प्रशिक्षित महिलाहरुलाई आयआर्जनमा सहयोग पुगोस भनी नौमती बाजाको सम्पूर्ण सामग्री सहित पोशाक हस्तान्तरण गरेकाे छ ।
महिलाको हक अधिकारमा सधै संगठितरुपमा आवाज उठाउदै आएको संयुक्त महिला आवाज नेपालले गएको फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसकै दिन अर्जुनधारा वडा नम्वर ५ का महिलाहरुलाई १८ दिने नौमती बाजा बजाउने तालिम समापन गर्दै प्रमाणपत्र वितरण गरेकाे थियो ।
नारी दिवसकै दिन दुवै कार्यक्रममा समय व्यवस्थापन गरी संस्थाकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशले सहभागी जनाई नारीहरुकाे हौसला बढाउनु भएको थियो ।
पालिका भित्रका महिलाहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै स्वावलम्बी बन्ने इच्छा गरे अनुरुप आर्यआर्जनको लागि माध्यम बनाइ दिएकाे संस्थाकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशले बताउनु भयो ।
उहाँले हल्दिबारी गाँउपालिका र अध्यक्ष रवीन्द्र लिङदेनप्रति हार्दिक कृतज्ञ रहेको बताउनुभयो ।
संयुक्त महिला आवाज नेपालको पहल तथा पालिकाको आर्थिक सहयोगमा नारी दिवसको अवसरमा नौमती बाजाको सम्पूर्ण सामग्री सहित पाेशाक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङदेनले नारी स्वाभलम्बी भए समाजको बिकास आफै हुने बताउनुभयो । संयुक्त महिला आवाज नेपाल हल्दिबारीकी शाखा उपाध्यक्ष शारदा लिङदेनले स्वागत गर्दै संस्थाको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
उहाँले संस्थालाई यो स्थान सम्म ल्याई पु¥याउन अध्यक्ष शिखा गणेशको अमुल्य योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय कोषध्यक्ष लक्ष्मी उप्रेती लगायत हल्दीबारी शाखामा आबद्व संस्थाका पदाधिकारी एवं जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।














