काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बिहीबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
अध्यक्ष शर्माले ‘एसईईको पहिलो दिन केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको जानकारी दिनु भयो ।
साथै उहाँले जुम्लाको एक परीक्षा केन्द्रमा एउटा विषयको परीक्षा ढिलो सुरु भएको जानकारी बताउनु भयो ।
मधेश प्रदेशमा एसईईको प्रश्नपत्र बाहिरिएकोबारे बोर्डलाई कुनै खबर प्राप्त नभएको उनले स्पष्ट पार्नु भयो ।
देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा आज बिहान ८ देखि ११ बजेसम्म परीक्षा भएको थियो। यसवर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी छन्। । एसईई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।