नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोड शाखाले एमिटी एजुकेशन फाउण्डेश बिर्तामोडका बिद्यार्थी हरुलाइ नेपाल राष्ट्र बैंकको गोल्बल मनि विकको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
बैंकिङ सेवा सुविधा,बचत तथा लगानीको महत्त्व, लगानी प्रक्रिया तथा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, डिजिटल बैंकिङ, डिजिटल बैंकिङ फ्रड र त्यसको सावधानी का उपायहरु, शेयर बजार, क्क्ष्ए लगाएतको बारेमा एमिटी एजुकेशन फाउण्डेशका कक्षा ११, १२ मा अध्ययनरत् १०० जना भन्दा बढी विद्यार्थीलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोडका शाखाका प्रवन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो ।
डिजिटल युगमा वित्तिय करोबार सञ्चालन प्रकृया एवं बैकिंङ सेवाका सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बिर्तामोड शाखाका अपरेशन इन्र्चाज सुराज सुबेदीले बताउनु भयो ।
कार्यक्रममा एमिटी एजुकेशन फाउण्डेशका राधे श्याम शर्मा ढकालले विद्यार्थीलाई वित्तीय सारक्षता गराइ दिएकोमा बैंकलाई धन्यवाद दिनुभयो।
सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए ।
बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बिर्तामोड शाखाका अपरेसन बिभागका कर्मचारी पुजा शाहाले जानकारी गराउनु भयो ।
उहाँले अहिलेको समयमा वित्तिय साक्षरता विद्यार्थीहरुलाई अत्यावश्यक रहेको बताउनु भयो ।