चाराआली। चन्द्र बस्नेत,झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा आइतबारबाट एघार दिवसीय शिव महापुराण श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ।
पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा एघार दिवसीय शिव श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सुरु भएको हो ।
आईतबार महायज्ञ स्थलबाट सम्पुर्ण धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि ,आमा समूह, महिला समूह,भजनकृतन मंडली, उद्योगी ब्यापारी, शिक्षासेवी, विद्यार्थी,पन्च कन्या ,विभिन्न गुरुकुलका महानुभावहरु हजारौंको संङ्ख्यामा श्रद्धालुभक्तजनबाट कलश यात्रा सुरु भई पाउपाथीभराको उत्तरगङ्गा प्रवेशद्वार हुँदै चाराली बजार परिक्रमा गर्दै नौमति बाजाका साथमा र्याली महायज्ञ स्थलमा पुनः फर्की संङ्छिप्त कार्यक्रमको आयोजना गर्दै श्रीमद्भागवत महायज्ञ समुद्वघाटन गरिएको थियो।

पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालको अध्यक्षतामा आयोजित श्रीमद्भागवत महायज्ञ समुद्वघाटनको प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष तथा विद्योत परिषद नेपालका अध्यक्ष माधवप्रसाद भट्टराई रहनुभएको थियोे ।
महायज्ञको उद्वघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले हिन्दू परम्परा मान्ने नेपालीको संस्कृति रहेको बताउनुभयो ।
प्रमुख अतिथि भट्टराईले पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेका उल्लेख गर्दै आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसमका धार्मिक कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।
“हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ। हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो। गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो”, उहाँले भन्नुभयो “गौ हत्या गर्न पाइँदैन। त्यसमा कडा कानून छ। यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ।”

संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकाल तथा संस्थाका संस्थापक अध्यक्ष हरिचरण बानियाँले माता पाथीभराकै कारण अहिले आफुहरु अहिलेसम्म बाच्न सफल भएको भन्दै निरोगी र स्वस्थ रहन पनि भजनकृतन ,महायज्ञ , कथा प्रवचन आदि गर्न आवश्यक रहेको बताउनुभएको थियोे ।
महायज्ञ समुद्वघाटन कार्यक्रममा महिला समाजसेवी महेन्द्रादेवी पराजुली ,त्रिपलारास्ट्र पुस्तकालयका अध्यक्ष प्रेमप्रसाद पलारी , लगायतले महायज्ञ भब्य सफलताको शुभकामना दिनुभएको थियोे ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले स्वागत गरेको कार्यक्रमको संचालन प्रचारप्रसार समितिका संयोजक रेवत कुमार दाहालले गर्नुभएको थियोे ।
महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको एघार दिवसीय महायज्ञ आगामी चैत २७ गते बुधबार सम्म सन्चालन हुने जनाएको छ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथै विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी, विपति आईनपरोस भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १७ वटा उपसमिति यतिबेला खटिएको छ।
हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप यसवर्ष पनि एघार दिवसीय महायज्ञ सुरुगरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक बरालले बताउनुभयो ।
महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवेले बताउनुभयो ।
महायज्ञको कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने जनाएको छ।
महायज्ञको कथा वाचन आचार्य प.बालकृष्ण अर्याल र पाठ पारायण पं.प्रदिप दवाडीबाट भईरहेको प्रचारप्रसार समितिका संयोजक रेवत कुमार दाहालले बताउनुभयो ।
महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक ढकालले अपिल गर्नुभएको छ । आगामी चैत २४ गते सामुहिक रामनहमीको अवसर पारेर सामुहिक वर्तमान तथा गुन्युचोली पनि हुने भएकाले यदि कसैको त्यस्तो चाहना भए अझै पनि सम्पर्क गर्न पनि पुराण व्यवस्थापन समितिका संयोजक ढकालले आग्रह गर्नुभयो ।
त्यस्तै २६ गते साँझ लक्ष्यवर्तिदिप प्रज्वलन , श्रृङ्गार, आरती , महात्म्य आदि हुने र २७ गते बुधबार पुरणावति , तिलक प्रसाद वितरण , गुरु विधाई सहित समापन हुने आयोजक समितिले जनाएको छ ।














