सञ्चारकर्मी तथा हुन्डाई बिर्तामोडका प्रवन्ध निर्देशक याम बिमलीले बिर्तामोड ४ मा रहेको तारा नमस्ते बालग्रामलाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मी बिमलीले संस्थाका अध्यक्ष नारायण पोख्रेललाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

यस संस्थामा परोपकारका लागि उक्त रकम प्रदान गर्ने व्यक्ति आजिवन सदस्य रहने व्यवस्था पनि छ । बालग्राममा हाल ३० जना अनाथ बालबालिकाहरु आश्रित छन् ।