बिर्तामोड, झापा — म छोरालाई मर्न दिन सक्दिन,आँखा भरि आँसु पारेर भन्नुहुन्छ राम भट्टराई, जो ३ वर्षदेखि आफ्नो छोरा   योशेभ भट्टराईको उपचार गर्दै आउनु भएको छ ।

छोरा अहिले जीवन–मरणको दोसाँधमा छन्। डाक्टरका अनुसार   योशेभलाई ब्लड क्यान्सर अर्थात् रक्त क्यान्सर छ, जुन फेरि  बल्झिएको हो ।   योशेभको जीवन बचाउनका लागि अबको एक महिनाभित्र ४८ लाख रुपैयाँ जुटाउन सकिएन भने, उहाँलाई बचाउन नसकिने डाक्टरहरूले बताएका छन्।  

तीन वर्ष अघिदेखि उपचारको लागि भट्टराई परिवारले अथक संघर्ष गरिरहेको छन् । सुरुमा बीएण्डसी अस्पतालबाट उपचार थालिएको थियो।

त्यसपछि भारतको नाम चलेको राजीव गान्धी क्यान्सर अस्पताल, दिल्लीमा लामो समयसम्म उपचार  गराएका भट्टराई परिवारको अन्तिक आशा भनेको नेपाली सहयोगी मनहरु मात्रै रहेका छन् ।

 जनहितमा जारी

उनीहरु  आफ्नो सन्तानलाई आफ्नै अगाडी प्राण त्यागेको हेर्न पनि सक्दैनन्, अर्को तिर आफ्नो क्षमता भन्दा बढी  उपचारका व्यवस्थापन गर्न पनि सक्दैनन् । 

888888888उपचारपछि केही समय राहत मिलेजस्तो देखिए पनि,पुनः तीन वर्षको अन्तरालमै योशेभको क्यान्सर बल्झियो। भर्खरै क्यान्सर बल्झिएपछि भक्तपुर क्यान्सर अस्पताल पुर्याइएका योशेभको स्वास्थ्य अवस्था गम्भीर छ।

डाक्टरहरूले बोन म्यारो ट्रान्सप्लान्ट र प्रोटेस्ट थेरापी आवश्यक भएको जनाएका छन् , जसको लागत करिब ४८ लाख रुपैयाँ अनुमान गरिएको छ।


बुबा राम भट्टराई बताउनुहुन्छ, “हामीले अहिलेसम्म ७०–७५ लाख रुपैयाँसम्म खर्च गरिसक्यौं। तर अब फेरि यति ठुलो रकम जुटाउन हाम्रो सामथ्र्य छैन।”

8999999 1योशेभकी आमाको अवस्था झन् हृदयविदारक छ। “छोरालाई बचाइदिनुस,   तपाईहरूको सहयोग नै हाम्रो अन्तिम आशा हो,” हामीसँग समय छैन, योशेभको जीवन तपाईंहरूको सानो सहयोगले बच्न सक्छ। कृपया साथ दिनुहोस्, भन्दै उहाँ भावुक हुनुभयो  

आँखा रसाउँदै र गला अबरुद्ध पार्दै भन्नुहुन्छ, “हामीसँग अब केही छैन, छोराको सास जोगाइदिनुहोस्।” भट्टराई दम्पती देश–विदेशमा रहेका सबै दाताहरूसँग, सहयोगी मन भएका नेपालीहरूसँग हात जोडेर  आग्रह गरेका छन् 



                                  

                                                                                       फोन नम्बर–  राम भट्टराई   –4f833f71-9299-440d-a4a1-4e1ace6b5bbd९८०३३२१३६३