बिर्तामोड । बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ।
आइतबार प्रेस सेन्टर नेपाल झापाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बिर्तामोड नगरको विकासमा सञ्चारकर्मीको जिज्ञासा तथा सुझाव र जनप्रतिनिधीको अपेक्षा र लिनदिने र आगामी दिनमा ती सुझावका आधारमा योजना निर्माणमा सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिनु भयाे ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपेन्द्र (दिपिन) राई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटी, सञ्चारिका समुह झापाकी अध्यक्ष लीला अनमोल, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, इन्द्रसिंह राजवंशी, पुष्प बराल, बिनोद पाण्डेलगायतले नगरको विकास सम्बन्धि आ–आफ्नो जिज्ञासा र सुझाव राख्नु भएकाे थियाे ।
कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडासदस्य उमेश राउत लगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई र विशिष्ट अतिथी उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनु भएकाे थियाे ।
कार्यक्रममा सम्बोधनका क्रममा उहाँहरुले बिर्तामोडले थुप्रै संख्यात्मक र गुणात्मक विकास गरेको बताउनु भयाे । बिर्तामोडको विकासमा सञ्चारकर्मीहरुबाट सुझाव र भएका कामहरुको प्रचारको अपेक्षा गरेको उहाँहरूकाे भनाइ छ ।
प्रेस सेन्टर नेपाल पाँचौँ अधिवेशनबाट प्रेस सेन्टर नेपालको केन्द्रिय सचिवमा निर्वाचित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपिन राई र केन्द्रिय सदस्य पदमा निर्वाचित सुखानी आवाजका सम्पादक राजु पाठकलाई प्रेस सेन्टर झापाले सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पबित्रादेबी महतरा प्रसाई र बिशिष्ठ अतिथी नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला तथा जिल्ला अध्यक्ष पुष्प खड्काले खादा र अबिर लगाएर सम्मान गरेका थिए ।
पुष्प खड्का अध्यक्षतामा सम्पन्न बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक अन्तरकृयामा स्वागत होमप्रकाश अधिकारीले र सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।