बिर्तामोड । भरत भाबुक प्रसाई, राष्ट्रिय संयुक्त मोर्चाले हिन्दू राष्ट्र हुनु पर्ने मागसहित संघर्षका लागि संयुक्त मोर्चा निर्माण गर्ने धोषणा गरेको छ ।
झापाको बिर्तामोड स्थित बिनायक होटलमा आयोजित पत्रकार सम्मेलनमा बोेल्दै मोर्चाका केन्द्रिय संयोजक रामचन्द्र बानियाँ क्षेत्रीले राष्ट्रप्रेमीहरुको एकता संगै अवस्थाका परिर्वतनमा मोर्चा लाग्ने बताउनु भयो ।
उहाँले पत्रकारहरुको एक प्रश्नको जवाफमा राजसंस्था एक व्यक्ति र पार्टीको मात्रै नहुने बताउनु भयो ।
उहाँले राजा जनताको आवश्यकताले निर्धारण हुने बताउदै आफुहरुको माग हिन्दु राष्ट्र र वेथिकीका विरुद्व राष्ट्रप्रेमीहरुको ऐक्यबद्वता रहेको बताउनु भयो ।
मोर्चाले हिन्दू राष्ट्र कायम गरियोस भनेर सधैं माग गरिरहेको बताउँदै भ्रष्टचार गरिवी , बेरोजगारी र नागरीक हितका लागिले विभिन्न अभियान सञ्चालन गर्न लागिएको राष्ट्रिय संयुक्त मोर्चाका झापा संयोजक विवेक दंगालले बताउनु भयो ।

आफुलाई राजावादी भनाउन चाहने तर भित्री सारमा गणतन्त्र र बिदेशीका मतियार केही षडयन्त्रकारीहरुले आन्दोलनमा फुट ल्याउने र जनतामा आफूलाई मात्रै स्थापित गर्ने षड्यन्त्रकारी मनसायका साथ स्वघोषित मोर्चा अघि सारेर उत्कृष्ट गतिविधिहरु देखाउदै जनतामा यो दरवारकै चाहानाले भइरहेको भन्ने भ्रम पारेको संयोजक रामचन्द्रको भनाई छ ।
२०६४ सालदेखि विदेशीले लादेको गणतन्त्र विरुद्ध लगातार जेलनेल र राजकाज मुद्दा आफुले खेपिरहेको बताउँदै उहाँले कतिपय देशभक्त राष्ट्रवादी राजभक्त योद्धाहरुलाई भूमिका विहीन बनाउने मण्डलेहरुको देशी विदेशी स्वार्थ लादने प्रपन्चबाट सबै चनाखो हुनुपर्ने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तीमा भनिएको छ ‘जे जस्ता मोर्चाहरू र आन्दोलनको नाटक गरिरहेका छन् यस्तो स्वार्थी जनचाहाना विपरित राजतन्त्र र हिन्दुराष्ट्र वहाल गर्ने हाम्रो दीर्घकालिन प्रयासलाई विथोल्ने क्रियाकलापको म भत्र्सना गर्दछु ।’
‘राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा सडकमा कसले बोकेको थियो र हामीले मेची कोशीमा महाराज ज्ञानेन्द्र सरकारलाई साथ लिएर नागरिक अभिनन्दन एवं धार्मिक अवलोकन स्वागत समारोह र शान्तिपूर्ण जनप्रदर्र्शन गरेको बेलामा हामीलाई हतोत्साहित गर्ने र जनसमुदायलाई भड्काउने मण्डलेहरु आज एकाएक राजतन्त्रको ठेक्का आफुले पाएको भ्रम छरिरहेका छन् ।
जारी बिज्ञप्तीमा भनिएको छ । विदेशी पैसा पाएपछि कमल थापाले राजतन्त्रको लागि जनमत संग्रहको षडयन्त्रकारी नारा लगाएको नबिर्सेको उहाँले बताउनु भयो ।
संघियताको विरोध गर्ने तर संघको पद पाए नछोडने दोग्ला जनविरोधी सरकारी भत्तामा जनतामाथि जाइलाग्ने मण्डलेहरुका कुकर्मको वर्णन गरेर साध्य छैन ।’
पश्चिमाहरुबाट आर्थिक लाभ लिएर मण्डलेहरुका सबै गुटहरुले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र भनेर हिन्दू धर्म र सभ्यतामाथि आघात गरेको संयोजक रामचन्द्रले आरोप लगाउनु भयो ।
उहाँले जेठ १५ गतेबाट घोषणा गरिएको कथित आन्दोलन नभएर विगत १७ बर्षदेखि सडकमा विद्रोहको आगो जलाइरहेका देशभक्त, वामपन्थी प्रजातन्त्रवादी र राष्ट्रवादी दलहरु विरोधी विदेशीहरुको स्वार्थबाट मुक्त एक वृहत मोर्चा बनाई शान्तिपूर्ण जनआन्दोलनको मोर्चाको तयारीलाई सबैले सर्मथन गर्न आव्हानसमेत गर्नुभएको छ ।














