बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ । 

५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक  ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । 

c49aa441-2c41-409e-be2c-9e0e947dc7cc

विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३० रुपैयाँमा प्लम तथा सव बेसको काम भएको थियो ।

70b10f45-5e23-43d6-b49c-de0c76716059

ओजस इन्जिनियरिङ सोलुसन प्रा.लिले बैशाख ३० गते अघि काम सम्पन्न गरेको थियो । 


चालु आर्थिक वर्षमा बिर्तामोड नगरपालिका भित्र भौतिक तथा पूर्वाधारका क्षेत्रमा साना ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।