बिर्तामोड । २०८२ साल जेष्ठ महिनामा जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२ साल असार १६गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका फरार प्रतिवादी जिल्ला जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.७ बस्ने बर्ष ३२ को प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८० साल ११ महिना २ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद रु २,८४,५८,६)५।– जरिवाना फैसला भई फरार रहेका फरार प्रतिवादी जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.८ बस्ने बर्ष ३० को अमिर लगुन बिश्वकर्मालाई पक्राउ गरेको छ ।
त्यस्तै बिभिन्न मुद्दा शिर्षकमा फरार रहि दोषि प्रमाणित भएका पुरुष ४३ जना, महिला(७ जना र तेश्रो लिङ्गी(१ जना गरी जम्मा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवार्हीको लागि सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई उक्त सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी श्री कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
त्यस्तै जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटि गएको र सोबाट कैद(३१ वर्ष ५ महिना २६ दिन तथा (दुई करोड उनान्सय लाख अठहत्तर हजार पाँच सय साठी) जरिवाना असुल उपर भएको डिओपी झापा इन्फो सेन्टरले जनाएको छ ।














