बिर्तामोड , नेकपा एमालेले लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेका नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ ।

एमाले बिर्तामोड नगर कमिटीको आज सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा गलत क्रियाकलावमा सम्लग्न जो कोहीलाई कारवाही हुनु पर्छ भन्ने मान्यता पार्टीको रहेकाले उनलाई निलम्वन गरिएको भनिएको छ ।