हल्दीबारी ।
न नै महलको सपना छ उनको, अनुहारमा न नै अभूतपुर्व खुसी, छ त केवल मलिन न्याउरिएको अनुहार, उमेरले ८४ वर्ष पार गरि सकेका छन् जयप्रसाद ढुङगेल ।
जीवनको साहरा सन्तान पनि छैनन् उनका, भएकी छोरीलाई पनि निदर्यी दैवले चुडेर लग्यो । उनका लागि अब सहारा केवल आफ्नो थलिदै गरेको सिथिल शरिर ।
आफ्नै आफन्तबाट अन्यायमा पर्दा बोलिदिने कोही छैन । आज भन्दा ३७ वर्ष पहिले बृद्ध ८४ बर्षिय जयप्रसाद ढुङ्गेल र उनकी श्रीमती ६९ बर्षिय देबीमाया ढुङ्गेललाई
२०४५ सालमा जीवनाथ बरालले साइनोले ढुङ्गेलका ज्वाई पर्ने हल्दीबारी–१ मा आफ्नो ६ बिगाहा जग्गा भएको र त्यसमा चिया बगान लगाउन भन्दै जग्गा संरक्षका लागि ढुङ्गेल परिवारलाई ल्याएको बृद्ध जयप्रसादले बताउछन् ।
काकरभिट्टामा आफ्ना परिवारको साथमा जीवन निर्वाह गरिरहेका जयबहादुर आफ्नो बहिनी ज्वाईको आग्रहमा झापाको हल्दीबारी गाउँपालिका–१ फागुनन्द टोल अर्थात लाटीहोलीमा बसाई सरी आएका रहेछन् ।
ज्वाईले आफ्नो जग्गा ६ विगाह रहेको संरक्षण गर्ने कोही नभएकाले त्यसको संरक्षण गरिदिनु १० कठ्ठा जग्गा जयबहादुरको नाममा पास गर्दिन्छु भनेका रहेछन् ।
तर समयम वित्तै गयो, चिया बगान लगाए, सिसौको रुख रोपियो,त्यस ठाँउलाई अर्थतन्त्रको आधार बनाउन जयबहादुरले दिन रात नभनी पसिना बगाई रहे । अन्तत एक दिन जयबहादुरका ज्वाईले यो संसार छाडेर गए ।
औलो लाग्ने ठाउ अनि आफ्नो बसन्तका हरेक उचार चढाव त्यही ठाँउ बनाउन खर्चिएका जयबहादुर आज अस्तित्वका लागि आवाज उठाउदा एक्लो भएका छन् ।
ढुङ्गेल दम्पक्ति अहिले बृद्धबृद्धा अवस्थामा छन् । रोगले थलिने अवस्थामा छन् । उनीहरुको जीउ शिथिल हुदै गएको छ ।
उनीहरुको एउटा मात्रै चिन्ता छ जीवन भर पसिना बगाएको माटो मै आफ्नो अन्तिम श्वास छाड्न पाइदैन कि भन्ने, जयबहादुर भाबुक हुदै भन्छन्, अब त मर्ने बेला भयो भान्जा किन अन्याय गर्छौ आफ्नै मामालाई ।
टिनको छानो, टाटीबेरा र माटोले बनेको घर, विपन्नता अभाव र साहार विहिन बृद्धबृद्धा ढुङ्गेलको काहाली लाग्दो यर्थाथता, प्वालै प्वाल परेको छानो, बर्षायाममा पानीबाट बच्न घर भित्र त्रिपाल ओढेर र आफ्ना समाग्री छोपेर दिन बिताउन बाध्य हुनु परेको विवश्ता सुनाँउदा हाम्रा आँखा पनि रसाएका थिए ।
पालिकाको न्यायिक समितिमा जनप्रतिनिधि, स्थानीय र दुवै पक्षबिच छलफल भयो । छलफलका क्रममा ५ कठ्ठा नभएर तीन कठ्ठा हाल घर भएकै स्थानमा दिने सहमति भएको रहेछ । त्यो तीन कठ्ठा जग्गासमेत नदिएपछि अहिले बृद्ध ढुङ्गेल न्यायको खोजीमा भौतारिरहेको छन् ।
‘उक्त जग्गामा रहेको चिया बगान एक बर्षमै मासियो’ जयप्रसादले भने ‘त्यसपछि सिसौं रोपियो ।’ उनले आफु काँकरभिट्टामा ऐलानी जग्गामा बस्दै गरेको बेला यहाँ जग्गा दिने भनेर जग्गा संरक्षणका लागि ल्याएको बताए । ‘अहिले काँकरभिट्टाको जग्गा करौडौको भएको छ’ उनले भने ‘मेरो अहिले यो हालत छ ।’
उनले ज्वाई जीवनाथको मृत्युसँगै पटक–पटक जग्गा घटाएर तीन कठ्ठा दिने सहमती भएपनि अहिलेसम्म नदिएको भन्दै बृद्ध जयप्रसाद भावुक भए । ‘भान्जा तपाईको बुबाले जग्गा संरक्षण गरेर बसिदिनु म १० कठ्ठा जग्गा दिन्छु साथै घर पनि बनाईदिन्छु भन्नु भएको थियो’ भक्कानिदै जयप्रसादले भने ‘मेरो यो अवस्थामा पनि तपाईलाई दया लागेन ?’ उनले थपे ‘म ८४ बर्षको भए, यो उमेरमा पनि म माथि अन्यायपूर्ण कार्य गर्नु कतिको जायज होला ।’
‘मलाई १० कठ्ठा पनि पर्दैन, गाउँपालिकाको न्यायिक समितिमा भएको सहमति अनुसार नै तीन कठ्ठा दिनुहोला म त्यसमै चित्र् बुझाउँछु ।’ जयप्रसादले भने ।
पर्शुराम बरालको नाममा रहेको जग्गा हाल दामोदर बरालको नाममा सारिएको बताउँदै बृद्ध जयप्रसादले भने ‘दामोदर अस्ट्रेलियन सिटिजन प्राप्त गरेर उतै बस्दै आएका छन् ।’
यता जयप्रसादका भाई केदार ढुङ्गेलले पनि दाजुको अवस्था एकदमै नाजुक भएकाले दिन्छु भनेर पालिकाको न्यायिक समितिमा भएको सहमति अनुसार जग्गा दिनु पर्ने बताए ।
त्यस्तै जयप्रसादका भतिज अर्का केदार ढुङ्गेलले बृद्ध ढुङ्गेल दम्पत्तीको रेखदेख गर्ने कोही नभएको बताउँदै बेला–बेलामा आफै आएर रेखदेख गर्ने गरेको बताए ।
यस्तो अवस्थामा काकाकाकीलाई बराल परिवारले अन्याय गरेको भन्दै उनीहरुलाई न्याय दिलाइदिन सम्बन्धीत सवै समक्ष आग्रह गरेका छन् ।














