आज मधेश प्रदेशसहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराई भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँमा तथा तराई भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।