झापाको बिर्तामोड तीव्र सहरीकरणतर्फ अघि बढिरहेको छ। तर सहरको बीच भागमा यत्रतत्र रहेका सवारी साधन मर्मत गर्ने ग्यारेजले सहरको सौन्दर्यकरण मात्र बिग्रेको छैन। यसले डेङ्गुको संक्रमणको जोखिम समेत बढाएको छ  ।

तीव्र सहरीकरणतर्फ अघि बढेको झापाको बिर्तामोड क्षेत्रमा जतासुकै खोलिएका सवारी साधन मर्मत गर्ने ग्यारेजका कारण सहरको सौन्दर्यकरण त बिग्रेको छ नै यसले डेङ्गुको संक्रमण समेत बढाएको छ बिर्तामोड नगरपालिकाले २०७४–७५ सालमा नगरस्तरीय निर्णय गरी झापाको बिर्तामोड क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधन मर्मत गर्ने ग्यारेजलाई स्थान्तरण गर्ने निर्णय गरेको थियो । 

बुट्टाबारीमा अटोल्यान्ड स्थापना गरेर सबै प्रकारका ग्यारेजहरू एकै ठाउँमा राख्ने नगरले तत्कालीन अवस्थामा निर्णय गरेको थियो।

तर त्यो नियम अहिले पूर्णरुपमा पालना भएको छैन। बुट्टाबारी अटोल्यान्डमा अहिले केही ग्यारेजहरू रहे पनि अन्य ग्यारेजहरू नगरपालिकाले कडाई गर्न नसक्दा पहिलेकै स्थानमा फर्किएका समेत छन्।

बिर्तामोड नगरपालिकाले पनि अटोल्यान्ड क्षेत्रमै बिर्तामोड भित्र रहेका ग्यारेजहरूलाई सहकार्य समन्वय र नगरबाट नीति बनाएर तत्कालै बुटाबारीमै स्थान्तरण गरिने जनाएको छ।

७५ साल यता अहिले नगरले पनि बिर्तामोड क्षेत्रमा ग्यारेज सञ्चालनका लागि अनुमति लिन वडा कार्यालयमा आउँदा बुट्टाबारी देखि बाहिर बजार क्षेत्रमा ग्यारेज सञ्चालनका लागि अनुमति नदिएको समेत बताइएको छ । 


यता सवारी साधन धनीहरूले समेत बुटाबारीमै ग्यारेज हुनुपर्ने माग समेत गरिरहेका छन्। उनीहरुले बुटाबारी क्षेत्रमा एकै ठाउँ ग्यारेजहरू सञ्चालनमा हुँदासवारी धनीहरूलाई सहज हुने तर्क गर्छन्।

बजार क्षेत्रभित्र धेरै स्थानमा ग्यारेज हुँदा सेवा पाउनका लागि पनि आफूहरुलाई असहज भइरहेको सवारी धनीको बुझाइ छ।

स्

वृद्धावन नगरले पनि यसरी तीव्र सहरीकरणतर्फ उन्मुख भइरहेको र पूर्वको एकमात्र व्यापारिक क्षेत्र बिर्तामोड बजारभित्र यत्रतत्र रहेका ग्यारेजहरूलाई जति सक्दो चाँडो बुटाबारी स्थित अटोल्यान्डमा स्थान्तरण गरे यसले सहरको सौन्दर्यकरण समेत बढाउँछ भने सम्बन्धित ग्राहकलाई समेत सहज हुनेछ ।