बिर्तामोड । भरत प्रसाई , मेची बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको आयोजनामा २९औं वार्षिकोत्सव तथा ३१औं एकाई साधारण सभा सम्पन्न भएको छ ।

मयार्दित सहकारी ः समुन्नत समाज भन्ने मूल नाराका साथ  २०५४ साल भदौ १२ गते २९ जना सदस्यहरुको शेयर पूजी १ लाख ४५ हजारबाट सञ्चालनमा आएको सहकारीले २९ वर्ष प्रवेश गर्दा  सम्म ३९ करोड७० लाख १७ हजार ३ सय रुपैया शेयर पुजी बनाउन सफल भएको छ , जुन गत वर्षको भन्दा ६.७५ प्रतिशतले बृद्वी हुन पुगेको छ ।

IMG_6223

कार्यक्रममा उत्कृष्ट बचतकर्तादेखि उत्कृष्ट नियमित तथा बाल बचतकर्ताहरूसमेतलाई सम्मान गरिएको थियो।

बिर्तामोड–४ का यामबहादुर बिष्ट, बिर्तामोड–४ यामकुमार खड्का, बिर्तामोड –२ का, बासुदेव खरेल, भद्रपुर –७ का समीक्षा भट्टराई, अर्जुनधारा –६का सचमाया लावती,  बिर्तामोड १ की अनुष्का खतिवडा, बिर्तामोड १ की  सुइनेमा नेम्बाङ  बिर्तामोड ४ का  भक्तबहादुर ढुङ्गाना  र  अर्जुनधारा ११ की  अनुषा राईलाई  बिर्तामोड सेवा केन्द्रका संयोजक उतम खनालले दोसल्ला, मायाको चिनो र  अन्य पुरस्कारद्वारा सम्मान  गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष  नारायणप्रसाद भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

IMG_6227अध्यक्ष भट्टराईले सहकारी आन्दोलनले मूर्तरुप लिन नसक्नु राजनीतिक हस्तक्षेप र गलत प्रचार नै कारकतत्व रहेको बताउनुभयो । उहाँले  अझै सहकारी क्षेत्रमा चुनौतीपूर्ण अवस्थामा रहेतापनि सदस्यको विश्वास जित्दै मेची बहुउद्देश्य सहकारीले निरन्तर शेयर सदस्यको हितमा काम गर्दै आएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले पानी निर्माण सम्बन्धी उद्योग सञ्चालन गर्ने तयारी भईरहको बताउदै, त्यस शिर्षकमा ३ करोड ५० लाखको विनियोजन गरिएको बताउनुभयो ।

निकट भविष्यमै बिर्तामोड सेवा केन्द्रमा ३०० नयाँ शेयर सदस्य थप्ने योजना रहेको पनि उहाँको भनाइ छ । 

 शेयर सदस्यका छोराछोरीले एसईईमा ४ जीपीए भन्दा बढी अंक ल्याएमा २५ हजार नगद पुरस्कार तथा शैक्षिक उन्नयनका लागि विशेष बचत कार्यक्रम ल्याइने अध्यक्षको प्रतिवेदनमा  उल्लेख गरिएको  छ ।

कार्यक्रममा बिर्तामोड वडा नम्वर ४ वडाध्यक्ष  राहुल शर्माले संस्थाले   वित्तिय पारदर्शिताका साथ शेयर सदस्यको हितमा काम गरेको भन्दै संस्थाको  प्रसंशा गर्नुभयो । 

IMG_6139

बिर्तामोड सेवा केन्द्रका संयोजक उतम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई  बिर्तामोड सेवा केन्द्रकी प्रमुख दुर्गा खनालले  स्वागत गर्नुभएको थियो ।

प्रमुख खनालले  बिर्तामोड सेवा केन्द्रको चर्चा गर्दै हाल सम्म २२ सय शेयर सदस्य रहेको, २ करोड ४ लाख सेयर पूँजी, १६ करोड २४ लाख बचत, हाल १५ करोड ३१ लाख ऋण लगानी भएको र १७ करोड ७७ लाख वासलात रहेको जानकारी दिनुभयो। 

 उद्योग वाणिज्य सङ्घ झापा शाखाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी  राजु न्यौपानेले   चुनौतीका बाबजुत यति लामो यात्रातय गर्दै शेयर सदस्यको विश्वास जित्न सक्नु  आफैमा ठुलो सफल्ता  भएको बताउनुभयो ।

 IMG_6200

त्यस्तै उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले  सरकारको नीति दह्रो नहुँदा सहकारी क्षेत्र धराशायी बन्दै गएको बताउनुभयो । 

उहाँले आर्थिक तरलता र चुनौतीबीच पनि मेची बहुउदेश्य सहकारीले उल्लेखनीय काम गरेको भन्दै भविष्यमुखी लगानीमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारी, ऋण लगानीको प्रकृया, संस्थाले ल्याएका नयाँ कार्यक्रमका सम्बन्धमा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद वगालीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मेची क्याम्पसका प्रध्यापक लिलाप्रसाद अधिकारीले बिर्तामोड सेवा केन्द्रको क्षेत्राधिकार, कार्यप्रगति विरण प्रस्तुत गर्दै वासलातमा सेवा केन्द्रहरु मध्येबाट  पहिलो बनाउन  बिर्तामोड सेवा केन्द्र जुटेको बताउनुभयो ।

यसैबीच, संस्थाका पूर्व अध्यक्ष स्व. गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको  गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार यस वर्ष डिबी बस्नेतलाई र गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कारू अग्रज पत्रकार माधव विद्रोहीलाई भाद्र १२ गते साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ।

कार्यक्रममा विभिन्न उपशाखा, उपसमिति एवं  सकृय शेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । 


कार्यक्रमको सञ्चालन  बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समितिका सचिव अग्रज पत्रकार गणेश पोखरेलले गर्नुभएको थियो  ।