झापा।  भरत प्रसाईं  , कनकाई नगरपालिका वडा नम्वर ९ मा रहेकाे आदर्श माध्यमिक  विध्यालयमा जारी अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत  दोस्रो दिनको खेलमा वडा नं. ६ र वडा नं. ३ विजयी भएका छन्।


पहिलो खेलमा आयोजक वडा नं. ८ (A) लाई पराजित गर्दै वडा नं. ६ विजयी भएको हो। त्यस्तै दोस्रो खेलमा वडा नं. ३ ले वडा नं. १ लाई हराउँदै जित हात पारेको छ।


भोलि हुने खेल अन्तर्गत पहिलो खेल वडा नं. ६ र वडा नं. २ बीच तथा दोस्रो खेल वडा नं. ३ र आयोजक वडा नं. ८ (A) बीच हुनेछ।


खेलहरू बिहान ९ बजेबाट कनकाई नगरपालिका–८ घैलाडुब्बास्थित माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुने भएकाले सबै खेलप्रेमी दर्शकलाई उपस्थित भई खेलको आनन्द लिन आयोजक समितिले अनुरोध गरेको छ।