झापा जिल्लाको बिर्तामोड–२ मा अवस्थित शिक्षा शिकोप निकेतन ले पाँचौं वार्षिकोत्सव विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ सम्पन्न गरेको छ।
२०७७ फागुन ४ गते स्थापना भएको विद्यालयले छोटो समयमै आफ्नो शैक्षिक तथा संस्थागत पहिचान स्थापित गर्न सफल भएको जनाएको छ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, भाषण तथा विभिन्न सिर्जनात्मक प्रस्तुति दिएर दर्शकको मन जितेका थिए। सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा सुधा निरौला तथा उत्कृष्ट विद्यार्थीका रूपमा अदिति पोखरेल सम्मानित भएका थिए।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चीजा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख तीलचन भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विद्यालयकी प्रिन्सिपल रेश्मा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षा बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष सुब्रत न्यौपानेसहित अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।















