गिताराम आर्चाय 

                                                                     सम्बन्ध 

गल्ती कहाँ नेर थियोे थाहा छैन तर मानेँ नि

गल्ती कहाँ नेर थियोे 

थाहा छैन तर मानेँ नि 

गल्ति मेरो थियो ।

हुन सक्ला र

भन्छौ रु

गल्ती मेरो पनि होला

हुनै सक्दैन  भगवान् 

गल्ती कसरी हुन्छ रु

हजुरको ब्रह्माण्ड नै अर्को।

समयले देखाउला कुनै दिन

  गल्ती तिम्रो या मेरो

अनि  सम्बन्धको 

हिसाब त्यहीबाट  सुरु गरौँला


तर फेरि भन्छु हजुर

हुनै सक्दैन ।

हजुरको  गल्ती कसरी हुन्छ 

हजुरको ब्रह्माण्ड नै अर्को।