बुद्ध जयन्ती  उभौली तथा चण्डी पूर्णिमामा सिदार्थ बौद्ध गुम्बाद्वारा विविध कार्यक्रम


पवन ढकाल , बुद्धशान्ति झापा बुद्ध जयन्ती , उभौली तथा बैशाख शुक्ल पूर्णिमा पर्व सिदार्थ बौद्ध गुम्बा बुद्धशान्ति ४ बर्नेले पनि  विविध कार्यक्रमका साथ मनाएको छ।

IMG_6338

 जनहितमा जारी

आज बिहानै देखि आयोजित कार्यक्रमका सहभागीहरूले बर्नेका पिपल चोक, मन्दिर चोक, हापेन चोक लगायतका स्थानहरूमा शान्ति पदयात्रा गर्दै गुम्बा परिसरमा पुगेर पूजा–आराधना गरेका थिए।

 शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त पदयात्रामा स्थानीय बौद्ध धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रमका क्रममा गुम्बा स्थापनामा  योगदान पुर्‍याउने स्थानीय पूर्व शिक्षक तथा समाजसेवी सुर्य ढुंगाना, दमार सिमसार खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र शेर्मा तथा जेष्ठ सदस्यहरू तोरण सिजाली मगर र डम्बर कुमारी मगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

IMG_6429

सिदार्थ बौद्ध गुम्बाका अध्यक्ष हस्तबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक लक्ष्मण मगरले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा सम्मानित व्यक्तिका तर्फबाट सुर्य ढुंगाना तथा गुम्बाका अध्यक्ष हस्तबहादुर मगर लगायतले शुभकामना तथा आभार मन्तव्य व्यक्त गर्नुभएको थियो।

IMG_6382