हाम्रो नेपाल साकोस ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सूर्योदय नगरपालिका–८ स्थित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।

जेठ ६ गते विद्यालय परिसरमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको थियो।

7dc7fbe9-199c-43ff-93ef-fed939e0cfd3

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष जङ्गबहादुर गुरुङ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक विकास र अतिरिक्त क्रियाकलापमा सहकारी संस्थाले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो।

 जनहितमा जारी


साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले सहकारी संस्था केवल नाफामूलक कारोबारमा सीमित नभई सामाजिक रूपान्तरण र शिक्षाको विकासमा समेत अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।


विद्यालयकी प्रधानाध्यापक सावित्रादेवी राईले यस्ता सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र सिकाइप्रतिको उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो।

97610a3d-4a59-4c92-a05e-52f310d51940

सो अवसरमा संस्थाका व्यवस्थापक सरोज दाहालले सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेका अभियानबारे जानकारी गराउनुभयो। उहाँका अनुसार यसअघि पनि संस्थाले सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको थियो। आगामी दिनमा पनि ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उहाँले बताउनुभयो।


कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेल, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।