झापा, बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–५ मा गत माघ १५ गतेदेखि सञ्चालन गरिएको IPM (एकीकृत शत्रु जीव व्यवस्थापन) कृषक पाठशालाको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कृषक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कृषकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

बुद्वशान्ती गाउँपालिका कृषि बिकास शाखाकाे आयाेजना तथा पाचपाेखरी कृषि सहकारी संस्था लिमिटेडकाे ब्यवस्थापनमा आपगाछी IPM कृषक पाठशाला सञ्चा लन भएकाे कार्कयक्रममा पाठशाला संयाेजक विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक अनिल वाग्ले, वडा नं. ५ का अध्यक्ष डेगेन्द्र कार्की, मूल कृषक समूहका अध्यक्ष धनबहादुर श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी IPM सहजकर्ता उदयनारायण ढुङाना र फडिन्द्र ढुङाना, कृषि शाखा प्रमुख अर्जुन पौडेल, कृषि प्राविधिक कृष्ण ढुङेल, कृषि प्राबिधिक सन्चिता ढुङ्गाना , सहकारी तथा स्थानीय संस्थाका प्रतिनिधि, विभिन्न कृषि समूहका प्रतिनिधि, कृषक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम पदम मिश्रले सञ्चालन गर्नुभएको थियो।
१६ हप्तासम्म सञ्चालन गरिएको उक्त पाठशालामा २५ भन्दा बढी कृषकहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। सहभागी कृषकहरूले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी तथा दैनिक खेती प्रणालीमा उपयोगी भएको बताएका छन्।
कार्यक्रममा IPM कार्यक्रमको उद्देश्यबारे समेत विस्तृत चर्चा गरिएको थियो। जैविक विविधताको संरक्षण, कृषि पर्यावरणको सुरक्षा, स्वस्थ बाली उत्पादन, बालीको नियमित अनुगमन, मित्र जीवहरूको संरक्षण तथा कृषकलाई दक्ष र आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट स्वागत गीत प्रस्तुत गरिएको थियो भने अध्यक्ष विष्णु प्रसाद न्यौपानेले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कृषकहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्दै उत्पादन वृद्धि र सुरक्षित खेती प्रणालीतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सहभागी कृषकहरूलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।

समापन कार्यक्रममा IPM तालिम पूरा गरेका कृषकहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो। साथै कृषकहरूले बालीनाली, खेतीपाती तथा IPM सम्बन्धी कथा, कविता, नाटक र प्रहसन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।














