पवन ढकाल बुद्धशान्ति, जेठ  । झापाको बुद्धशान्ति गाउँपालिका–४ अन्तर्गत बर्ने, डाँडागाउँ र गहिरीगाउँ क्षेत्रमा सिंचाइ गर्दै आएको बर्ने पैनी (कुलो) को जोखिमयुक्त क्षेत्रमा RCC Cover Canal निर्माण कार्य भइरहेको छ।

WhatsApp Image 2026-05-25 at 11.11.51 AM

प्रदेश सरकार अन्तर्गत खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमार्फत प्रत्येक वर्ष प्राप्त हुने सीमित मर्मत बजेटबाट भीरबाट पैरो झर्ने, डिल भत्किने तथा पैनी पुर्ने जोखिम भएका क्षेत्रमा संरचना निर्माण गरिँदै आएको स्थानीयवासीले बताएका छन्।

हाल “छत्तीउने भीर” सहित करिब २८५ मिटर जोखिम क्षेत्र अझै बाँकी रहेको र उक्त क्षेत्रमा RCC Cover Canal निर्माण सम्पन्न गर्न करिब ७४ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

WhatsApp Image 2026-05-25 at 11.11.59 AM

बर्ने टिमाइ जनसमूहका अध्यक्ष रुद्रबहादुर भण्डारीका अनुसार योजना योजना बैंकमा सूचीकृत भइसकेको छ भने आवश्यक बजेटका लागि सम्बन्धित निकायमा मागसमेत गरिएको छ।

WhatsApp Image 2026-05-25 at 11.11.54 AM

बजेट विनियोजनका लागि स्थानीयवासीले झापा–१ की प्रतिनिधिसभा सदस्य निशा डाँगी, जलस्रोत तथा सिंचाइ विकास कार्यालय चन्द्रगढीका प्रमुख शैलेश पोखरेल तथा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक ‘चिन्तन’ समक्ष ध्यानाकर्षण गराएका छन्।


WhatsApp Image 2026-05-25 at 11.11.49 AM

स्थानीयले समयमै बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा सिंचाइ संरचना सुरक्षित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।