बिर्तामोड, ३ असार : बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप सहज बनाउन कृषि सामग्री वितरण गरेको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकहरूलाई चापकटर र काउम्याट हस्तान्तरण गर्नुभएको हो।


नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र ६५ थान काउम्याट वितरण गरिएको हो।

e7d83ba9-5963-474d-84b6-02ddbaaa20e5

उक्त सामग्री वितरणका लागि नगरपालिकाले गत पुस ९ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाअनुसार चापकटरका लागि २५० वटा र काउम्याटका लागि ९२ वटा निवेदन प्राप्त भएका थिए। पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालका अनुसार प्राप्त निवेदनमा स्थलगत अनुगमनका आधारमा कृषक छनोट गरिएको हो।


कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा व्यवसायिक पशुपालनमा जोड दिन कृषकहरूलाई आग्रह गर्नुभयो।