बिर्तामोड । भरत प्रसाई , साहित्य चौतारी बिर्तामोड, झापा नेपालले आफ्नो २७ औँ वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकार वशन्त क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको प्रारम्भमै नेपाल तथा भारतका स्रष्टाहरू र संस्थाका पदाधिकारीहरूको सहभागितामा नौमती बाजासहित बिर्तामोड नगर परिक्रमा गरिएको थियो।
राष्ट्रियता र कलाको प्रतिनिधित्व गर्दै एमिटी माध्यमिक विद्यालयका छात्रा आरध्या भट्टराई र जेनिसा गुरागाँईले रामायण वाचन गरेर कार्यक्रमको मंगलमय सुरुवात गरेका थिए भने संस्थाकी संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले उपस्थित सम्पूर्ण स्रष्टा र अतिथिहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन्।
यस विशेष ऐतिहासिक अवसरमा विगत केही समयदेखि बन्द रहेको 'मित्र मेलवा गुरुकुल संगीत विद्यालय' को नयाँ व्यवस्थापनका साथ सुखद पुन: शुभारम्भ गरिएको छ। वि.सं. २०६१ सालमा तत्कालीन समयका प्रमुख अतिथि तथा वरिष्ठ गायक स्व. फत्तेमान राजभण्डारीले उद्घाटन गरेको यस विद्यालयलाई नयाँ ऊर्जा र योजनाका साथ सञ्चालनमा ल्याइएको अध्यक्ष देवीभक्त श्रेष्ठले जानकारी दिए।
उक्त गुरुकुलको वरिष्ठ संगीतकार वशन्त क्षेत्री, संगीतकार चन्दन लम्जेल, महेश्वर लामा, गायिका डेजी बराइली, गायिका यसोदा पराजुली, गणेश पराजुली, डा. कमला तामाङ, अग्रज साहित्यकार थिरुप्रसाद नेपाल र प्रतिभा पौडेल लगायतका दिग्गज स्रष्टाहरूले संयुक्त रूपमा मैनबत्ती प्रज्वलन गरी पुन: उद्घाटन गरेका थिए। संगीत विद्यालयकै प्रशिक्षक धुर्व पाठक र विद्यार्थीहरूले राष्ट्रिय गीत प्रस्तुत गर्दा उपस्थित सबैमा देशप्रेमको भाव सञ्चारित भएको थियो।
कार्यक्रममा नेपाली भाषा, कला, संगीत र पत्रकारिताको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउने आधा दर्जन विशिष्ट व्यक्तित्वहरूलाई भव्य सम्मान तथा पुरस्कार अर्पण गरियो। जसअन्तर्गत यस वर्षको प्रतिष्ठित 'भीपधज लक्ष्मी - गणेश स्मृति वर्ष संगीत पुरस्कार' गायिका डेजी बराइली र वरिष्ठ संगीतकार चन्दन लम्जेललाई समर्पण गरियो। त्यसैगरी भारतको दार्जीलिङ मिरिककी स्रष्टा डा. कमला तामाङलाई 'भीपधज भानु- माधव वर्ष साहित्य अभिनन्दन' द्वारा सम्मानित गरियो भने काठमाडौँ निवासी वरिष्ठ गायिका यशोदा पराजुली र गणेश पराजुलीलाई 'भीपधज जेवी - मदन स्मृति विशिष्ट संगीत पुरस्कार' प्रदान गरियो। सञ्चार क्षेत्रमा क्रियाशील पूर्वाञ्चल दैनिकका अनलाइन संयोजक नरेन्द्र ढकाललाई 'भीपधज डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार' द्वारा विभूषित गरियो।
सम्मानित व्यक्तित्वहरूको आदर र सम्मान पत्रलाई साहित्यकारहरू लीला अनमोल, भानुभक्त कुभेण्डेली र तुलसीप्रसाद निरौलाले वाचन गरेर सुनाएका थिए।
यस प्राज्ञिक उत्सवलाई थप गरिमामय बनाउन विभिन्न देश र जिल्लाबाट आएका बौद्धिक व्यक्तित्वहरूले गहन कार्यपत्रहरू प्रस्तुत गरे।
अन्तर्राष्ट्रिय वर्ष वक्ताका रूपमा भारत सिक्किमका स्रष्टा थिरुप्रसाद नेपाल, राष्ट्रिय वर्ष वक्ताका रूपमा इलामकी साहित्यकार प्रतिभा पौडेल र प्रवासी समन्वय वक्ताका रूपमा दार्जीलिङ मिरिककी डा. कमला तामाङले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपाली पहिचान र भाषा-संस्कृतिबारे चर्चा गरेका थिए।
यही मञ्चमा संस्थाका संस्थापक सल्लाहकार यज्ञराज प्रसाईंको नवीन साहित्यिक कृति ‘उत्तरार्द्धको थुम्कीबाट’ भव्य रूपमा विमोचन गरियो, जसको विस्तृत समीक्षा साहित्यकार चुडामणि वशिष्ठले गरेका थिए। कार्यक्रममा गजलकारहरू विवशवलिभद्र कोइराला र लक्ष्मीअच्युत ढुङ्गाना लगायतले आफ्ना चोटिला गजल र रचनाहरू वाचन गरेर हल गुञ्जायमान बनाएका थिए।
सांस्कृतिक माहौल तर्फ आर्ट स्टुडियाे नौमती बाजा महिला समूहले आकर्षक बालन नृत्य प्रस्तुत गर्दा नेपाली लोक संस्कृतिको जीवन्त स्वरूप झल्किएको थियो।
गायक-गायिकाहरू चन्दन लम्जेल, डेजी बराइली, गणेश पराजुली, यसोदा पराजुली र महेश्वर लामाले आ-आफ्ना कर्णप्रिय कालजयी गीतहरू गाएर उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमको सबैभन्दा रोचक र स्मरणीय क्षण तब बन्यो, जब प्रमुख अतिथि वरिष्ठ संगीतकार वशन्त क्षेत्रीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली चलचित्र 'परालको आगो' को सदाबहार लोकप्रिय गीत ‘धेरै चुलबुल नगर बैनी’ गाउन सुरु गरे र नृत्याङ्गाना चन्द्रकला क्षेत्री लगायतका स्रष्टाहरू उनीसँगै मञ्चमा झुमेर नाचेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले आदिकवि भानुभक्त आचार्यको सङ्घर्षशील जीवनी र नेपाली भाषामा उनको योगदानमाथि प्रकाश पारेका थिए।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक हिम्मत नेम्बाङले कार्यक्रमको औचित्य पुष्टि गर्दै संस्थाको भावी लक्ष्य र योजनाहरू समेटिएको विस्तृत वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली भाषा, कला, संगीत र पत्रकारिताको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउने आधा दर्जन विशिष्ट व्यक्तित्वहरूलाई भव्य सम्मान तथा पुरस्कार अर्पण गरियो। जसअन्तर्गत यस वर्षको प्रतिष्ठित 'भीपधज लक्ष्मी - गणेश स्मृति वर्ष संगीत पुरस्कार' गायिका डेजी बराइली र वरिष्ठ संगीतकार चन्दन लम्जेललाई समर्पण गरियो।
त्यसैगरी भारतको दार्जीलिङ मिरिककी स्रष्टा डा. कमला तामाङलाई 'भीपधज भानु- माधव वर्ष साहित्य अभिनन्दन' द्वारा सम्मानित गरियो भने काठमाडौँ निवासी वरिष्ठ गायिका यशोदा पराजुली र गणेश पराजुलीलाई 'भीपधज जेवी - मदन स्मृति विशिष्ट संगीत पुरस्कार' प्रदान गरियो। सञ्चार क्षेत्रमा क्रियाशील पूर्वाञ्चल दैनिकका अनलाइन संयोजक नरेन्द्र ढकाललाई 'भीपधज डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार' द्वारा विभूषित गरियो। सम्मानित व्यक्तित्वहरूको आदर र सम्मान पत्रलाई साहित्यकारहरू लीला अनमोल, भानुभक्त कुभेण्डेली र तुलसीप्रसाद निरौलाले वाचन गरेर सुनाएका थिए।
यस प्राज्ञिक उत्सवलाई थप गरिमामय बनाउन विभिन्न देश र जिल्लाबाट आएका बौद्धिक व्यक्तित्वहरूले गहन कार्यपत्रहरू प्रस्तुत गरे।
अन्तर्राष्ट्रिय वर्ष वक्ताका रूपमा भारत सिक्किमका स्रष्टा थिरुप्रसाद नेपाल, राष्ट्रिय वर्ष वक्ताका रूपमा इलामकी साहित्यकार प्रतिभा पौडेल र प्रवासी समन्वय वक्ताका रूपमा दार्जीलिङ मिरिककी डा. कमला तामाङले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपाली पहिचान र भाषा-संस्कृतिबारे चर्चा गरेका थिए।
यही मञ्चमा संस्थाका संस्थापक सल्लाहकार यज्ञराज प्रसाईंको नवीन साहित्यिक कृति ‘उत्तरार्द्धको थुम्कीबाट’ भव्य रूपमा विमोचन गरियो, जसको विस्तृत समीक्षा साहित्यकार चुडामणि वशिष्ठले गरेका थिए। कार्यक्रममा गजलकारहरू विवशवलिभद्र कोइराला र लक्ष्मीअच्युत ढुङ्गाना लगायतले आफ्ना चोटिला गजल र रचनाहरू वाचन गरेर हल गुञ्जायमान बनाएका थिए।
सांस्कृतिक माहौलतर्फ आर्ट स्टुडियाे नौमती बाजा महिला समूहले आकर्षक बालन नृत्य प्रस्तुत गर्दा नेपाली लोक संस्कृतिको जीवन्त स्वरूप झल्किएको थियो।
गायक-गायिकाहरू चन्दन लम्जेल, डेजी बराइली, गणेश पराजुली, यसोदा पराजुली र महेश्वर लामाले आ-आफ्ना कर्णप्रिय कालजयी गीतहरू गाएर उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमको सबैभन्दा रोचक र स्मरणीय क्षण तब बन्यो, जब प्रमुख अतिथि वरिष्ठ संगीतकार वशन्त क्षेत्रीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली चलचित्र 'परालको आगो' को सदाबहार लोकप्रिय गीत ‘धेरै चुलबुल नगर बैनी’ गाउन सुरु गरे र नृत्याङ्गाना चन्द्रकला क्षेत्री लगायतका स्रष्टाहरू उनीसँगै मञ्चमा झुमेर नाचेका थिए।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक हिम्मत नेम्बाङले कार्यक्रमको औचित्य पुष्टि गर्दै संस्थाको भावी लक्ष्य र योजनाहरू समेटिएको विस्तृत वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए।
हलभरि स्रष्टा र कला अनुरागीहरूको बाक्लो उपस्थिति रहेको उक्त भव्य कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले अत्यन्तै उत्कृष्ट ढंगले गरेका थिए।