बुद्धशान्ति, झापा। बुद्धशान्ति–२, जयपुरस्थित श्री आदर्श माध्यमिक विद्यालय ले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले "AI Tools for Education and Career Development" विषयक तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।

श्रावण १८ देखि आज २०गते सम्म सञ्चालन भएको उक्त कार्यशालामा कक्षा १२ का कम्प्युटर इन्जिनियरिङ संकायका ४० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। सहभागीहरूलाई Prompt Engineering, Advanced Research Techniques, AI-Assisted Programming, Digital Content Creation तथा Ethical and Responsible Use of Artificial Intelligence लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालामा सहभागीहरूले एआई उपकरणहरूको शैक्षिक तथा व्यावसायिक प्रयोगबारे व्यावहारिक अभ्यास गर्दै आधुनिक प्रविधिको प्रभावकारी उपयोग सम्बन्धी ज्ञान हासिल गरेका थिए। सहभागी विद्यार्थीहरूले कार्यशाला अत्यन्तै फलदायी, व्यवहारिक तथा भविष्यको अध्ययन र करियर निर्माणका लागि उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानाध्यापक हरी प्रसाद पोख्रेलले सन्चालन गर्नुभएको कार्यशालाको समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा प्रसाद कुइँकेलको अध्यक्षता तथा शिक्षा शाखा बुद्धशान्ति प्रमुख कमल प्रसाद निरौला को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यशाला संयोजक लोचनानन्द खतिवडा, प्रशिक्षक प्रकाश कोइराला, बुद्धशान्ति गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद निरौला तथा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पोखरेल ले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो

समापन कार्यक्रममा वक्ताहरूले कृत्रिम बुद्धिमत्ता वर्तमान शिक्षा र भविष्यको रोजगारीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता प्रविधिमैत्री तथा सीपमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।














