झापा, ९ भदौ : जन्मदिनमा हुने फजुल खर्च कटाएर सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले एक जेहेनदार छात्रालाई पाँच महिनाको शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग गर्नुभएको छ।


गौतमले मङ्गलबार लक्ष्मी क्याम्पस, बनियानीमा आयोजित कार्यक्रममा व्यवस्थापन सङ्काय (बिबिएस) प्रथम वर्षमा अध्ययनरत जेहेनदार छात्रा मोनिका राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो।

भोजपुरको अरुण गाउँपालिकामा जन्मनुभएका गौतम विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ भने हाल नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य हुनुहुन्छ।

 जनहितमा जारी


पछिल्लो समय तडकभडक र फजुल खर्चसहित जन्मदिन मनाउने प्रवृत्ति बढिरहेका बेला त्यसको सट्टा विद्यार्थीको शिक्षामा सहयोग गर्ने विकल्प रोजेको गौतमले बताउनुभयो।